गुनासो बिहिन जीवन
झ्यालका पर्दाहरु उघार्दा
मेरो कोठामा उज्यालो नआउँदा
अपेक्षा गरिएको व्यक्तिले मेरो हालखवर नसोध्दा
मलाई पिटिक्कै गुनासो छैन।
यो स्वार्थले भरिएको रंगमंच हो।
सबै जना आ आफ्नै तालमा नाच्नु पर्छ।
मानिस सामाजिक प्राणी हो।
समाज चाहिन्छ।
मानिस चाहिन्छ।
एक अर्काको भावना चाहिन्छ।
अहिले यी सब सब हराउँदै गए।
मलाई उ चाहिन्छ
अनि उसलाई म चाहिन्छ।
बस
त्यति भए पुग्यो।
अरूलाई कसरी हुन्छ।
अगाडि काम चाहिन्छ।
बार्दलीमा पल्टिएर आमा सम्झिन्छु।
बाबा सम्झिन्छु।
घर गाउँ सबै सम्झिन्छु।
माया त्यहाँ छ।
भावना त्यहाँ छ।
अनि
आफूलाई सम्झिन्छु।
सकी नसकी
उठेर हात भरी औषधिका चक्की
कुन पहिले खाने भन्दै हेर्ने गर्छु।
थाहा भयो।
जीवनलाई प्यार चाहिने रहेछ।
जीवनलाई स्याहार चाहिने रहेछ।
जीवनलाई सम्हार चाहिने रहेछ।
गुनासो कसै सँग छैन।
छ त यो चिसो सँग छ।
ज्यान भरी निसासिने गरी
कपडा लगाउन नसक्ने ज्यान सँग छ।
अनिता प्रकृति
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



