टंक भट्टराईको उपन्यास ‘ठाँटीको घाम’
खोटाङ । साहित्यकार टंक भट्टराईको ‘ठाँटीको घाम’ उपन्यास लोकार्पण भएको छ । दिक्तेलमा एक कार्यक्रमका बीच प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदीले शनिबार भट्टराईको उपन्यास ‘ठाँटीको घाम’ लोकार्पण गरेका हुन् । रत्न पुस्तक भण्डार काठमाडौंले प्रकाशन गरेको यो उपन्यास भट्टराईको तेश्रो कृति हो ।
कवितामा रमाउने उनी यसपटक भने उपन्यासमा जमेका छन् । आफ्नै गाउँको परिवेशमा कथा बुनिएको यो उपन्यास २५४ पेजमा समेटिएको छ । यसअघि ‘साँझमा पहिलो तारा’ कविता संग्रह २०६८ (आफैं प्रकाशित), ‘म पनि बग्दै छु साप्सु’ कथा संग्रह २०७३ (साझा प्रकाशनद्वारा प्रकाशित) छन् । भट्टराईले गाउँले परिवेशलाई सर्लक्क उपन्यासमा उतारेर ओजनदार कृति जन्माएको प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदीले बताए ।
कामको सिलसिलामा बाहिरै बसे पनि गृह जिल्लामै आएर कृति विमोचन गर्नु झनै राम्रो भएको उनको टिप्पणी थियो । उनले भट्टराई लगायतका थुप्रै वाङमय क्षेत्रमा ख्याति कमाएका सर्जकहरु खोटाङले जन्माएकाले जिल्लाप्रति पनि उत्तिकै जिम्मेवार हुनुपर्ने धारणा राखे ।
साहित्यकार बिष्णु अाभुषण पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, अग्रज पत्रकार कृष्ण आचार्य, टंक थापा, प्रकाश श्रेष्ठ लगायतले धारणा राखेका थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा जन्मिएका भट्टराई जागिरको सिलसिलामा ताप्लेजुङको सहायक प्रमुुख जिल्ला अधिकारीको रुपमा कार्यरत छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



