निर्माणाधीन पुलको अनुगमन गर्न धाप्लाङघाट पुगे प्रदेशसभा सदस्य भुपेन्द्र राई
खोटाङ । खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाटस्थित सुनकोसी नदीमाथिको निर्माणाधीन मोटरेबल पुलको प्रदेशसभा सदस्य भुपेन्द्र राईले अनुगमन गरेका छन् । विगत ७ वर्षदेखि अलपत्र अवस्थामा रहेको पुल निर्माणका लागि ठेकेदार कम्पनीलाई लगातार खबरदारी गरिरहेका प्रदेशसभा सदस्य राई बिहीवार खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने सुनकोसी नदीमाथिको पुलकोे स्थलगत अनुगमनका लागि धाप्लाङघाट पुगेका हुन ।
लामो समयदेखि अलपत्र परेको पुलको काम प्रदेशसभा सदस्य राईको पहलमा डेढ महिना अघिदेखि पुलको निर्माणको कामले गति लिन थालेको छ । मोटरवेल पुलबारे अनुगमन गर्न धाप्लाङघाट पुगेका राईले सरोकारवालासँग पुलको कामको प्रगतिका बारेमा जानकारी लिएका थिए ।
रसुवा एसएनएस पप्पु जेभीले २०७६ सालभित्र सम्पन्न गर्नेगरी २०७३ सालमा धाप्लाङघाट पुल निर्माणको सम्झौता गरेको ठेकेदारले हालसम्म धाप्लाङघाटमा नदीको दुई किनारमा पिलर ठड्याएको छ ।
धाप्लाङघाटमा मोटरेबल पुल नहुँदा सबैभन्दा बढी कृषि तथा नगदे बाली निर्यातका क्रममा लोडअनलोड गर्दा किसानले थप व्यायभार खेपिरहेको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जरा बताउँछन् । धाप्लाङघाटमा खोटाङ र उदयपुरतर्फ वर्षौँअघि कच्ची सडक बनिसकेको भएपनि हालसम्म पुल नहुँदा झोलुंगे पुल प्रयोग हुँदै आएको छ ।
खोटाङको बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, खोटेहाङ गाउँपालिका र तथा भोजपुरका केही स्थानीयलाई पूर्वी शहरसँग जोड्ने पुल २०७४ भदौ ३१ गते तत्कालिन प्रधानमन्त्री एबं कांग्रेस सभापति शेरबहादुर देउवाले शिलान्यास गरेका थिए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



