उत्कृष्ट बचतकर्ता तथा कर्जा ग्राहक सम्मानित

राष्ट्रिय वाणिज्य बैंकको ५९ औं वार्षिकोत्सवको अवशरमा खोटाङका उत्कृष्ट बचतकर्ता तथा कर्जा ग्राहक सम्मानित भएका छन् । राष्ट्रिय बाणिज्य बैंक ५८ वर्ष पुरा गरी ५९ औं वर्ष प्रवेश गरेको अवशरमा बुधबार राष्ट्रिय वाणिज्य बैंक दिक्तेलले उत्कृष्ट बचतकर्ता सनमान खड्का, पार्वतीमायाँ थापा, मेनुका राई र संघ÷संस्थातर्फ सरस्वती माबि दिक्तेललाई सम्मान गरेको हो ।
यस्तै, कर्जा ग्राहकतर्फ रसिक एण्ड रोहन सप्लायर्सका प्रोपाइटर नवराज जोशी र उत्सव शैंजूलाई सम्मान गरिएको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय दिक्तेलका प्रवन्धक रामकुमार आचार्यले बताए । वाणिज्य बैंकको बैंकिङ सेवा सुवधालाई बिश्वास गरी निरन्तर कारोबार गरिरहेको भन्दै वाणिज्य बैंकले वार्षिकोत्सवको अवसरमा उत्कृष्ट बचतकर्ता तथा कर्जा ग्राहकलाई सम्मान गरेको जनाएको छ । उत्कृष्ट बचतकर्ता तथा कर्जा ग्राहकलाई प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक पुरुषोतम खड्का, ७ नं. गुल्म हलेसीका प्रहरी नायव उपरिक्षक कष्णबहादुर वम लगायतले सम्मान–पत्र प्रदान गरेका थिए । राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय दिक्तेलले दिक्तेलस्थित आफ्नै कार्यालयमा वार्षिकोत्सव मनाएको छ ।