दिक्तेल बजारमा म्याद नाघेका खाद्य वस्तु नष्ट

खोटाङ /खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्थित दिक्तेल बजारमा म्याद नाघेका खाद्य वस्तु नष्ट गरिएको छ ।
दिक्तेल बजारको रहेका बिभिन्न किराना पसलमा रहेका म्याद नाघेका खाद्यवस्तु जफत गरि आज शुक्रबार नष्ट गरिएको हो।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कर्मचारी जानुका श्रेष्ठको संयोजकमा खाद्य तथा किराना पसल अनुगमन गरिएको हो ।

दिक्तेल बजारबाट चामल, बेसार,पास्ता, दाल, चक्लेट,बिस्कुट, मसला, कोकाकोला जस्ता खाद्य वस्तुहरु जम्मा २९ हजार ९ सय ७० रुपैयाँ बराबरको जफत गरि नष्ट गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर प्रहरी प्रभुराम राईले बताउनुभयो ।

बजार अनुगनममा जिल्ला प्रशासन कार्यालय खोटाङ, घरेलु तथा साना उद्योग, नगर प्रहरी,जिल्ला प्रहरी सहितको टोलिले दिक्तेल बजारको बिभिन्न ठाउँमा अनुगमन गरेको थियोे ।