राजनीतिक नेतृत्व लोभबाट मुक्त नभएसम्म देश बन्दैन मन्त्री गुरुङ
कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकको परिवर्तनका लागि राजनीति गर्ने नेता तथा नेतृत्व लोभबाट मुक्त नभएसम्म देश नबन्ने बताएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले शनिबार अर्खौलेमा आयोजना चौथो नगरस्तरिय अन्तर मावि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय उपसभापति समेत रहेका मन्त्री गुरुङले जुन देशको नेता लोभीपापी हुन्छन्, त्यो देशका जनता कहिले सुखी नहुने भएकाले देशको मुहार फेर्नका लागि देश बनाउन राजनीति गर्नेहरु लोभबाट मुक्त हुन आवश्यक रहेको बताएका हुन् ।
जुन देशका नेताहरु लोभबाट मुक्त हुन्छन्, ती देशहरु छिटोभन्दाछिटो फड्को मारेर विकसित मुलुकको रुपमा रुपान्तरण भइरहेका छन् । जुन देशका नेताहरुभित्र लोभ र पाप रहन्छ, जुन देशको राजनीतिक नेताको मनभित्र, आत्माभित्र लोभको घैंटो रहन्छ तवसम्म त्यो देशका जनताले सुख पाएको मैले देखेको छैन, मन्त्री गुरुङले भने, त्यसकारण हामीले देश र पछिल्लो पिढीँको उज्यालो भविष्य सोच्ने र देख्ने हो भने तल्लो तहदेखि माथिल्लो तहसम्म नेतृत्व गर्ने सबैले एउटै लक्ष्य लिएर अघि बढ्न आवश्यक छ, त्यो यात्रा भनेको सदाचारको यात्रा हो । व्यभिचारको यात्रामा होईन सदाचारको यात्रामा अघि बढ्नुछ । नेताहरुले सदाचार व्यवहार देखाउन आवश्यक छ । यदि नेतामा सदाचारिता भएन भने देश र जनाताले दुःख पाउँछन् ।
‘राजनीतिमा लाग्नु भनेको रजगज गर्न हैन्, देशको मुहार उज्यालो बनाउन हो, यो यात्रा कठिन छ ’– मन्त्री गुरुङले भने, देशको मुहार बदल्नका लागि पहिला आफै बदलिनु पर्ने धारणा राखेका छन् । देशको उज्यालो भविष्य खोज्नका लागि धेरै भौतारिनु अवाश्यक छैन । आफुलाई सुधार्न आवश्यक छ । बदलिन आवश्यक छ, गुरुङले भने, देशको मुहार बदल्नका लागि पहिला आफै बदलिन पर्छ । आफै बदलिएर देशको मुहार बदल्ने यात्रामा अघि बढौं ।
नेपाली राजनीतिको लक्ष्य समुन्नत नेपाल र समृद्ध नेपाल बनाउने हुनुपर्ने बताएका छन् । मेरो लक्ष्य नेपाली जनतालाई माथि उठाउनु हो । नेपाली जनताको जीवनस्तर माथि उठाउनु हो । समुन्नत नेपाल बनाउनु हो । मन्त्री पद त आउँछ जान्छ तर नेपाली जनताको जीवनस्तर माथि उठाउन पाइयो भने, नेपाललाई समुन्नत बनाउन पाइयो भने नेपालको गौरब माथि उठ्छ । मेरो अर्जुन दृष्टि त्यहीँतिर छ, उनले भने, मुलुकलाई माथि उठाउनु छ । विपन्न बर्गलाई माथि उठाउनु छ । मुलुकलाई विपन्नताबाट सम्पन्नतातर्फ लैजानु छ । समुन्नत नेपाल बनाउनु छ, समृद्ध नेपाल बनाउनु छ । त्यो नेपाली राजनीतिको लक्ष्य हुनुपर्दछ । समग्र नेपाली राजनीतिको लक्ष्य हुन आवयक छ ।
नेपाली जनताको मूख्य चाहना भनेको समृद्धि हो, जनताको चाहनामा समुन्नति र समृद्धि जोडिएको छ मन्त्री गुरुङले भने मुलुकलाई संविधानले परिकल्पना गरेअनुरुप जनताको जीवनमा समृद्धि ल्याउनका लागि काम गर्नुपर्छ, समृद्धिका साथै समुनति हुनुपर्छ ।
यस्तै, हलेसी तुवाचुङ नगरपालिकाकी नगरप्रमुख विमला राईले सङ्घ तथा प्रदेश सरकारबाट विनियोजन भएर स्थानीय तहमा आउने योजना कार्यान्वयनमा केही कानुनी जटिलता भएकाले त्यसलाई संशोधन गर्न मन्त्री गुरुङलाई अनुरोध गरिन् । “सङ्घ तथा प्रदेश सरकारबाट परेका योजना कार्यान्वयन गर्न स्थानीय सरकारलाई अधिकार छैन । हाम्रो क्षेत्राधिकारभन्दा बाहिर हुनेबित्तिकै ठेकेदार कम्पनीले लापरवाही गरेको पाइन्छ”, उनले भनिन्, “यहाँको पालामै ती कानुनी व्यवधानलाई संशोधन गरियोस्, ता कि आगामी दिनमा स्थानीय सरकारका जनप्रतिनिधिले सहजरुपमा काम गर्न पाउन् ।”
नगरप्रमुख राईले नगरपालिकाको समग्र विकासका लागि पहल गरिदिनसमेत मन्त्री गुरुङलाई अनुरोध गरेकी छन् । आफूहरूले जनताकै पक्षमा काम गर्दागर्दै केही व्यक्तिको निहित स्वार्थका कारण कानुनी झमेला व्यहोर्नुपरेको जानकारी दिदै नगरप्रमुख राईले आगामी दिनमा त्यस्तो झमेलाबाट मुक्त हुनेगरी कानुन संशोधन गर्न मन्त्री गुरुङ समक्ष माग राखिन् ।
मन्त्री गुरुङको प्रमुख आतिथ्यता एवम् नगरप्रमुख राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख रमेश राउत, प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



