दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पालिका स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारस्थित सरस्वती माध्यमिक विद्यालयको प्राङगणमा आईतबारबाट ५४ स्वर्णका लागि तीन दिवसीय प्रतियोगिता सुरु भएको हो
प्रतियोगितामा छात्राछात्रतर्फ कबड्डी, भलिवल, १००, २००, ४००, २००, ४००, ८००, १५००, ३००० मिटर दौड, चारजनाले पालैपालो दौडने १०० मिटर रिले दौड, चारजनाले पालैपालो दौडने ४०० मिटर रिले दौड, सटफुट, ज्याबलिन थ्रो, लङजम्प, त्रिपल जम्प, मार्सल आर्ट, कराते लगायत २७ विधामा एक/एक स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा नगरभित्रका २१ सामुदायिक मावि र तीनवटा संस्थागत माविसहित २४ वटा माविको सहभागिता छ।
संघीय सरकारको सशर्त बजेट एक लाख र नगरपालिकाको चार लाखसहित पाँच लाखमा सुरु भएको प्रतियोगिता प्रतिनिधिसभा सदस्य सरस्वती वजिमयले दिप प्रज्ज्वलन गरेर उद्घाटन गर्नुभएको हो ।
प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने विद्यालयलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। अन्य २१ विद्यालयलाई सहभागिताको प्रमाणपत्र मात्रै दिईनेछ। जिल्लाका अन्य स्थानीय तहहरुले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुनेलाई नगद पुरस्कार र सहभागी विद्यालयलाई आवतजावत खर्चको व्यवस्थापन गरिएको सरस्वती माविका प्रधानाध्यापक शिवहरी ढकालले जानकारी दिए । प्रतियोगिता २३ माघमा सकिनेछ ।
प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीहरुले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेल्न पाउनेछ। जिल्ला स्तरीय प्रतियोगिताको टुंगो लागेको छैन।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



