राष्ट्रपति रामचन्द्र पौडेलद्वारा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी उद्घाटन
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८० को काठमाडौँस्थित नेपाल आर्ट काउन्सिलमा शनिबार एक समारोहबीच उदघाटन गर्नुभएको छ। क्यानभासमा रंग लगाएर तथा पानसमा बत्ती बालेर राष्ट्रपति पौडेलले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८० को उद्घाटन गर्नुभएको हो । सो अवसरमा त्यहाँ राखिएका चित्रकलाको राष्ट्रपति पौडेलले अवलोकन पनि गर्नुभयो ।
स्वदेसी तथा विदेसी चित्रकारलाई सहभागी गराएर असोज १७ गतेदेखि असोज २० गतेसम्म दिक्तेलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरेको नगरपालिकाले शनिबारदेखि काठमाडौंमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ सुरु गरेको हो ।
यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नेपाल तथा विश्वका प्रसिद्ध चित्रकारहरुको सहभागितामा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८० को आयोजना गरेर इतिहासको विरासतलाई वर्तमान यथार्थमा परिणत गर्न सफल भएको बताउनु भएको छ ।
मन्त्री किरातीले नगरपालिकाले समग्र खोटाङ जिल्लाको मूलभूत प्राकृतिक र सांस्कृतिक सम्पदालाई चित्रकलामा सर्लक्क उतारेर एकातर्फ नेपाललाई चिनाएको छ भने अर्कोतर्फ प्रकृति र संस्कृतिलाई चिनाउन सफल भएको बताउनुभयो ।
कला, संस्कृति र पर्यटन प्रवर्धनको उद्देश्यले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौंले गत असोज १७ देखि २१ गतेसम्म दिक्तेलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला आयोजना गरेको र चित्रकलाको माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन त्यसबाट सहयोग पुग्ने नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । प्रदर्शनमा राखिएको चित्रलाई पुःन दिक्तेलमा लगेर संग्रहालय बनाएर राख्ने योजना बनाइएको नगरप्रमुख भट्टराईले बताउनुभयो ।
नेपाल, अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लात्भिया, लिथुआनिया, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका, युक्रेन र भियतनामसहित १४ देशका ४३ जना वरिष्ठ चित्रकारहरूको सहभागितामा सम्पन्न भएको चित्रकला कार्यशाला र ५० देशभन्दा बढीका चित्रकारद्वारा सिर्जना गरिएका चित्रसहित वृहत चित्रकला प्रदर्शनी यहाँ गरिएको हो ।
दिक्तेलमा आयोजना गरिएको चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी नेपाल सहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका बनाएका ११८ सहित दुई सय चित्रलाई प्रदर्शनमा राखिएको उपप्रमुख बिसन राईले बताउनुभयो । १८ जना विदेसी र २५ जना स्वदेसी चित्रकारले दिक्तेलको मझुवागढी, भवनगैरा, हाटडाँडा, शंखधर शाख्वा र शुभम फाउण्डेसनमा पुगेर उतारेका लाइभ पेन्टिङलाई प्रदर्शनमा राखिएको छ ।
‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’लाई दिक्तेलमा आयोजना गरिएको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनीकै अर्कोे श्रृंखलाको रुपमा आयोजना गरिएको हो । स्वदेस तथा बिदेशका ख्याती प्राप्त चित्रकारको उपस्थितिले जिल्लाका चित्रकलामा रुची राख्ने प्रतिभालाई उर्जा मिलेको, चित्रकला सम्वन्धी ज्ञान आर्जन भएको, बिदेसी चित्रकारको मानसपटलमा नगरपालिकाको छाप बस्दा पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको, जिल्लाको संस्कार, संस्कृति र सहिष्णुतालाई अन्तर्राष्ट्रियकरण गर्न योगदान पुगेको, कला र संस्कृतिको प्रवद्र्धनमा टेवा पुगेको दावी गरिएको छ यस्तो प्रदर्शनीको माध्यमबाट उक्त नगरपालिका र सिंगो देशकै अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर बनाउँने काममा योगदान पुग्ने बताइएको छ ।
नगरप्रमुख भट्टराईको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्यद्वय रामकुमार राई, सरस्वती बजिमय लगायतको उपस्थिति रहेको थियो
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



