बृहत खोटाङ हलेसी सांस्कृतिक, साहित्यिक, पर्यटन तथा खेलकुद महोत्सव
खोटाङ, खोटाङमा ‘बृहत खोटाङ हलेसी सांस्कृतिक, साहित्यिक, पर्यटन तथा खेलकुद महोत्सव’ गर्ने भएको छ।आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेलस्थित रुपाकोट होटलमा पत्रकार सम्मेलन गर्दै आगामी बैशाख ११ गतेदेखि २२ बैशाखसम्म लोकतन्त्र दिवसको अवसर पारेर दिक्तेलबजारमा बृहत महोत्सव गर्ने जनाएको हो।महोत्सव अन्तर्गत राष्ट्रिय कराते प्रतियोगिता, खुल्ला महिला पुरुष म्याराथन प्रतियोगिता, उमेरगत १२–१४ वर्ष, ३ किलोमिटर दौड, १४–१६ वर्ष, ५ किलोमिटर महिला पुरुष दौड, १६–१८ वर्ष, १० किलोमिटर महिला पुरुष दौड, राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, राष्ट्रसेवक कर्मचारी र शिक्षकहरुको ५ किलोमिटर दौड र साहित्य प्रतियोगिता हुने जानकारी दिईएको छ
कराते प्रतियोगितामा सात प्रदेश, गोजुरियो कराते, सोतोकान कराते, वादोरियो कराते र आयोजकको सहभागिता हुनेछ। करातेमा प्रथम हुने टिमले ७७ हजार ७७७, दोश्रो हुने टिमले ५५ हजार ५५५, तेश्रो हुने टिमले ४४ हजार ४४४ नगद पुरस्कार ट्रफि, मेडल र प्रमाणपत्र पाउने प्रतिष्ठानका सचिव मिलन कसजुले जानकारी दिए।
खुल्ला महिला पुरुष म्याराथन प्रतियोगितामा प्रथम हुनेले ७५ हजार, दोश्रो हुनेले ५० हजार, तेश्रो हुनेले २५ हजार र उमेरगत १२–१४ वर्ष, ३ किलोमिटर दौडमा प्रथम हुनेले ७ हजार, दोश्रोले ६ हजार, तेश्रोले ५ हजार, १४–१६ वर्ष, ५ किलोमिटर महिला पुरुष दौडमा प्रथम हुनेले १० हजार, दोश्रोले ७ हजार, तेश्रोले ५ हजार तथा १६–१८ वर्ष, १० किलोमिटर महिला पुरुष दौडमा प्रथम हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ७ हजार पुरस्कार प्राप्त गर्नेछन्।
राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, राष्ट्रसेवक कर्मचारी र शिक्षकहरुको ५ किलोमिटर दौडमा प्रथम हुनेले १५ हजार, दोश्रोले १० हजार तेश्रोले ७ हजार तथा साहित्य प्रतियोगितामा प्रथम हुनेले ३० हजार, दोश्रोले २५ हजार, तेश्रोले २० हजार, चौथोले १५ हजार र पाँचौले १० हजार नगद पुरस्कार प्राप्त गर्ने प्रतिष्ठानका सह–सचिव मोतिचन्द्र राईले जानकारी दिए।
राईका अनुसार राष्ट्रिय कराते प्रतियोगितालाई ३५ लाख, एथलेटिक्स९म्याराथन, समूहगत दौड प्रतियोगिता०लाई १० लाख र राष्ट्रिय साहित्य प्रतियोगितालाई ५ लाख वजेट लाग्ने अनुमान गरिएको छ । कार्यक्रमका लागि वजेट स्थानीय सरकार समक्ष माग गरिने उनको भनाई छ ।
जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन र विभिन्न खेलक्षेत्रको राष्ट्रिय, अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यले बृहत महोत्सव गर्न लागिएको नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सन्जय कुमार राईले बताउनुभयो।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



