मेलिना र राजकुमारको ओई ओई केटी सार्वजनिक

मंसिर १४ शुक्रवार, २०७५
खोटाङ । गायिका मेलिना राई र राजकुमारको स्वरमा डान्सिङ गीत ओई ओई केटी, सार्वजनिक भएको छ। शब्द, संगीत, अरेन्ज र भिडियो सम्पादन पनि राजकुमारको नै रहेको गीतमा अलिशा राई र पुष्प खड्काको अभिनय देख्न सकिन्छ।

कीर्तिपुरका विभिन्न ठाउँमा छायांकन गरिएको गीतको भिडियो ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन्। भिडियो राजिव समरले निर्देशन गरेका हुन्।