हलेसी मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा राई

 

खोटाङ । खोटाङको हलेसी महादेव मन्दिर गुठी व्यवस्थापन समितिको अध्यक्षमा गजुरमान राई चयन भएका छन् । लामो समयदेखि विवादमा रहेको मन्दिर व्यवस्थापन समितिले आज ९ बुधवार० पूर्णता पाएको हो ।

समितिको उपाध्यक्षमा दिलीपराजा गिरी, सचिवमा अग्नि राई र कोषाध्यक्षमा पवन परियार रहेका छन् । यस्तै सदस्यहरुमा हर्कराज राई, प्रकाशचन्द्र गिरी, बिमल बस्नेत, रमिला बस्नेत, तिर्था राई, मोहन कुमार कार्की, मालपोत कार्यलय खोटाङ, हलेसी मन्दिर रहेको वडाको वडा अध्यक्ष वा वडा अध्यक्षले तोकेको सम्बन्धित व्यक्ति, किरात राई यायोख्खा, मारातिका गुम्बा सदस्य रहेको हलेसी तुवाचुङ नगरपालिकाकी नगरप्रमुख बिमला राइले जानकारी दिइन् ।

यस्तै, डिल्ली चाम्लिङ, हरि गिरी, ज्ञानबहादुर भुजेल, यज्ञराज राई र चमार राई सल्लाहकार रहेका छन् ।