खोटाङमा फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म दादुरा–रुबेला खोप अभियान सञ्चालन
खोटाङमा फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिने
खोटाङमा दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिने भएको छ । लक्षित उमेरका बालबालिकाहरूलाई दादुरा–रुबेला खोप लगाएर रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।
‘पूर्ण खोप सुरक्षित भविष्य’ भन्ने नारासहित २९ फागुनदेखि चैत्र ३ गतेसम्म खोटाङका १० वटै पालिकाहरूमा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई खोप लगाउन अभियान सञ्चालन गरिने भएको हो ।
अभियानमा ५ वर्षमुनिका बालबालिकालाई छुट भएको नियमित खोप पनि लगाइने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चम्लागाइँले जानकारी दिए ।
प्रमुख चम्लागाइँका अनुसार खोप अभियानको अवधिमा खोटाङमा ३९२ वटा खोप केन्द्रमार्फत १४ हजार ८२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ । यसका लागि जिल्लामा ३९२ जना स्वास्थ्यकर्मी परिचालन गरिनेछन् ।
सन् २०२६ सम्म दादुरा–रुबेला रोग निवारण गर्न नेपाल सरकारको प्रतिबद्धता रहेकोमा नियमित दादुरा–रुबेला खोपको कभरेज ९५ प्रतिशतभन्दा कम भएको कारण खोप अभियान चलाउन लागिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख चम्लागाइँले जानकारी दिए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



