दिक्तेलमा एकता आमा समुहले सुत्केरी तथा घरभेटघाट
खोटाङ÷ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल अस्पताल चोकका एकता आमा समुहले सुत्केरी तथा घरभेटघाट कार्यक्रम गरेका छन् । सुत्केरीका लागि पोषिलो खानेकुरा जुटाएर आमा समुहले आफनै घरमा उत्पादन गरेको फलफुल अन्न, सागपात, पशुजन्य र गेडागुडी सुत्केरीलाई प्रदान गरेका छन ।
सुत्केरी भेटकाक्रममा आमा समुहले गाउँमै उत्पादन गरेको पाइने पोषिलो खाने कुरा गरेर सुत्केरी तथा घर भेटघाट कार्यक्रममा हस्तारन्तरण गरेका छन् । एकता आमा समुहले हरेक घरमा सुत्केरी भेटघाट गरेको अहिले बिस घर भन्दा माथि सुत्केरीलाई भेटघाट गरेको एकता आमा समूह अध्यक्ष मिना देवि पाण्डे बताउनु भयो ।
आमा र बच्चाको पोषण स्थितिमा सुधार ल्याउन उपयुक्त आहार व्यवहारको सुनिश्चितता गर्ने सोच अनुसार आमा समुहले सुत्केरी भेट कार्यक्रम सुरू गरेको आमा समुहले बताए।
‘यो सुनौला हजार दिन सम्वन्धी व्यवहारलाई प्रवद्र्धन गर्ने आमा समूहको अभियान हो। यसले हरेक बार खाना चार भन्ने नारालाई पनि व्यवहारमा उतार्न सहयोग समुदाय स्वास्थ्य सम्बन्ध सचेतना भई टेवा पुग्ने भने, ‘सुत्केरी भेटकाक्रममा पोषणयुक्त खाना, खोप सेवा, सरसफाइ, आमा र बच्चाको बृद्धि अनुगमन लगायतका विषयमा पनि सूचना र सन्देश प्रवाह हुने सन्देशका साथ कार्यक्रम गरिएको आमा समुहले बताएको छ ।
गाउँघरमै पाइने पोषिलो आहार खरिद गर्दा कम खर्चिलो र स्वास्थ्यका लागि लाभदायक हुने आमा समूहले जनाएको छ । कार्यक्रममा नेपाल रेडकक्रस सोसाईटी खोटाङ समुदायमा आधारित बृहत स्वास्थ्य परियोजना कर्मचारी लोकमाया थापा (गिता) दिक्तेल रूपाकोट मझुवागढि नगरपालिका स्वास्थ्य शाखा सामुदायिक नर्सिङ दिपशिखा शाक्यले सुत्केरी भेटघाट कार्यक्रममा आमा बच्चाको लागि खानपान , खोप, परिवार नियोजन, पोषण आमा बच्चाको लगायत समुदायमा स्वास्थ्य जिवनका लागि हरेक बार खाना चार अन्र्तगत स्वास्थ्य जिवन यापनको सन्देश प्रभाव गरिएको समुदायमा आधारित बृहत स्वास्थ्य परियोजना कर्मचारी लोकमाया थापा (गिता) ले बताउनु भयो । कार्यक्रममा आमा समुहको टिम स्थानीय व्यक्तिहरुको बाक्लो उपस्थित रहेको थियो ।
पछिल्लो समयमा खोटाङमा बिभिन्न टोल टोलमा आमा समुहले सुत्केरी भेटघाट कार्यक्रमलाई बृहत बनाउदै लगेका छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



