नेपाल नेत्र ज्योति संघ स्थापना दिवस को अबसरमा निशुल्क आँखा जाँच तथा चस्मा बितरण
खोटाङ / नेपाल नेत्र ज्योति संघ खोटाङले स्थापनाको ४६ औं बार्षिकोत्सव मनाएको छ । सो अवसरमा संघले मंगलवार दिक्तेलमा शुभकामना आदान प्रदान सहित निशुल्क आँखा जाँच र चस्मा बितरण गरेको हो ।
कार्यक्रममा उपस्थित हुनुहुने अतिथि लगाएत , जेष्ठ नागरिक र विभिन्न उमेर समूहका आँखा परिक्षणमा सहभागी ४१ जनाको आँखा जाँच र ३२ जनालाई बिशेष गरि नजिकैको देख्न र पढ्नका लागि आबश्यक पर्ने Reading glasses बितरण गरिएको नेत्र ज्योति संघ खोटाङको अध्यक्ष ईन्द्र कसजुले जानकारी दिनु भयो ।
संघले हरेक वर्ष १३ चैतलाई स्थापना दिवसका साथै नेत्र ज्योति दिवसका रुपमा मनाउँदै आएको छ । ०३५ सालमा स्थापना भएको संघ नेपालमा अन्धोपन न्यूनीकरणमा क्रियाशील संस्था हो ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङको प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्य दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उप- प्रमुख बिशन राईको बिशेष आतिथ्य, राजनीति दलको प्रतिनिधि ,जेष्ठ नागरिक , पत्रकारहरुको उपस्थिति रहेको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



