समन्वय समिति खोटाङले गर्‍यो अर्धवार्षिक समीक्षा

 

खोटाङ । जिल्ला समन्वय समिति खोटाङले अर्धवार्षिक समीक्षा कार्यक्रम आयोजना गरेको छ । जिल्ला समन्वय समितिको सभा हल दिक्तेलमा आइतवार भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा आर्थिक वर्ष २०८०र०८१ मा जिल्लाका १० वटा पालिका र विषयगत कार्यालयहरुले जिल्लामा सञ्चालित विभिन्न योजना र योजनामा भएको प्रगति तथा समस्याका बारेमा समीक्षा गरिएको हो ।
जिल्लाका सबै कार्यालय र स्थानीय तहको प्रगतिमा प्रश्न उठेको छ । कार्यक्रममा सहभागिहरुले पालिका र विषयगत कार्यालयहरुले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमाथि प्रश्न उठाउदै विकास र समृद्धिका लागि भएका योजनाहरुको सही कार्यान्वयन गदै कार्यालयहरुले दिने सेवा प्रभावकारी बनाउन सुझाव दिएका थिए ।

जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य रामकुमार राई ‘पासाङ’को प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा प्रदेश सभा सदस्य पाँचकर्ण राई ९पिके०, पालिकाका प्रमुख तथा उपप्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, कार्यालय प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

यस्तै, जिल्ला समन्वय समिति खोटाङले उक्त अवसरमा पालिका तथा विभिन्न कार्यालयहरुले आर्थिक वर्ष २०८०र०८१ मा सञ्चालित योजनाहरुका बारेमा तयार गरेको खोटाङको वर्तमान विकास प्रयास नामक पुस्तक समेत प्रकाशन गरेको छ ।