खाेटाङमा भिर बाट लडेर एक पुरूषकाे  मृत्यु

खोटाङ, खोटाङको वराहपोखरी गाउँपालिका–४ फाक्टाङका ५८ वर्षीय राम बहादुर राईको भिरबाट लडेर मृत्यु भएको छ।

वराहपाेखरि गाउँपालिका ५ पाैवासेरा  रहेको अाफ्न्त  घरमा  पास्नी भोज खाई घर फर्कने क्रममा अपरान्ह ३ बजे फाक्टाङ र पौवासेराको सिमाना बेतुवा खोलाको भिरबाट लडेर राईको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय खाेटाङले  जनाएको छ।

राई लडेर मृत अवस्थामा रहेकाे राईलाई  प्रहरीले घट्नास्थलको थप अनुसन्धान र कानुनि प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टम गर्न उदयपुरको स्वास्थ्य चौकी बेलटार पठाएको छ।