खाेटाङ विद्युत सर्ट हुँदा २५ लाख क्षति
खोटाङ, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ स–छितापोखरीमा विद्युत सर्ट भई आगलागी हुँदा दुई घर जल्दा नष्ट हुदा २५ लाख क्षति भएको छ।
अाईतबार राती ११ बजे ६१ वर्षीय शम्सेर बहादुर खड्काको ढुंगा माटोले बनेको टिनको छानो भएको दुई तले घर र निजकै ढुंगा माटोले बनेको टिनको छानो भएको एक तले भान्सा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खाेटाङले जनाएको छ ।
आगलागी भएको खबर प्रहरीलाई राती ११ः३० बजे आएपछि प्रहरी चौकी दिप्रुङबाट टोली आगलागी स्थलमा खटेको थियो।
आगलागीबाट घर, घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन जलेर नष्ट हुँदा २५ लाख वरावरको क्षति भएको खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए। आगोलाई प्रहरी र स्थानीयले आज सोमबार बिहान ६ बजे पुर्णरुपमा नियन्त्रणमा लिएको छ। आगलागीबाट मानवीय क्षति नभएको डिएसपी खड्काले बताउनु भयाे ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



