खोटाङमा दुई पत्रकारहरुलाई विकास पत्रकारिता पुरस्कार प्रदान
खोटाङमा कृयाशिल दुई पत्रकारहरुलाई विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघ खोटाङ शाखाको सातौं जिल्ला अधिवेशन तथा ११ औं साधारणसभाको अवसरमा जिल्लाका दुई पत्रकार पुरस्कृत भएका छन् ।
गोरखापत्रका जिल्ला संवाददाता राजकुमार भट्टराई र रूपाकोट साप्ताहिक तथा नमस्ते खोटाङ डटकमकी संवाददाता सविना अछामे परियार पुरस्कृत भएका हुन् ।
महासंघको सातौं जिल्ला अधिवेशन तथा ११ औं साधारणसभाको अवसरमा कोशी प्रदेशसभा सदस्य भूपेन्द्र राईले शनिबार नगद पाँच हजारसहित प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिको हो ।
जिल्लामा रहेर समाज रुपान्तरणका लागि पुर्याएको योगदानको कदर गर्दै साधारणसभा तथा अधिवेशनको अवसरमा पुरस्कृत गरिएको नेपाल पत्रकार महासंघ खोटाङका सचिव लोकमणी रिजालले बताउनुभयो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



