खोटाङमा हत्या गरी दाहसंस्कार गरेको आरोपमा एक पुरुष पक्राउ
खोटाङ / बाबुको हत्या गरी दाहसंस्कार गरेको आरोपमा साकेला गाउँपालिका-२ रतन्छा मबुका ४२ वर्षीय टिकाराम राई पक्राउ परेका छन् ।
सामान्य विवादमा कुटपिट गर्दा ७१ वर्षीय बाबु कृष्णकुमार राईको मृत्यु र दाहसंस्कार समेत गरिसकेको भन्ने उजुरीपछि राईलाई पक्राउ गरिएको हो ।
प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार राईलाई बिहीबार पक्राउ गरी शुक्रबार तीन दिनको म्याद थप गरी अनुसन्धान बढाएको छ ।
बाबुको मृत्यु बारे आफूलाई समेत राम्ररी खबर नगरेको र टिकारामको कुटपिटकै कारण बाबुको मृत्यु भएको भन्दै भाइ नवीनकुमार राईले किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।
गत जेठ ७ गते विहान करिब दश बजेतिर बाबुको सुतिरहेकै अवस्थामा मृत फेला परेको भन्दै टिकारामले गाउँलेलाई खबर गरी दाहसंस्कार गरेको तर दाहसंस्कारको तीन दिनपछि बिहीबार विहान ६ बजे प्रहरी सञ्चारमा शंकास्पद मृत्युको जानकारी गराएपछि डिएसपी खड्काको नेतृत्वमा गएको प्रहरीले अनुसन्धान गर्नुका साथै शव उत्खनन् गरी पोष्टमार्टमका लागि दिक्तेल अस्पतालमा ल्याएको हो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



