दिक्तेल रुपाकोट मझुवागढीको बजेट  ९८ करोड ९४ लाख

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि रु ९८ करोड ९४ लाखको बजेट तथा कार्यक्रम पेस गरेको छ । ‘नगर हाम्रो प्राण–नगर हाम्रो शान, नगर मै छ जिन्दगी, विकासमा छ ध्यान’ भन्ने नाराका साथ सोमबार सम्पन्न ११ औँ नगरसभामा उपप्रमुख विशन राईले रु ९८ करोड ९४ लाख ४२ हजार ९९५ बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत  गर्नुभएको हो ।
कार्यक्रममा सङ्घीय सशर्त अनुदान अन्तरगत चालुतर्फ अनुमानित रु ४७ करोड ६६ लाख १२ हजार र पुँजीगततर्फ रु चार करोड ७७ लाख ८२ हजार बजेट प्रस्तुत गरिएको छ । यस्तै, सङ्घीय समपुरकबाट सञ्चालित योजनाका लागि रु एक करोड, प्रदेश समपुरकबाट सञ्चालित आयोजनाका लागि रु दुई करोड, प्रदेश सशर्त अन्तरगत चालुतर्फ रु ७२ लाख ६१ हजार र पुँजीगततर्फ रु सात करोड ३४ लाख ७३ हजार विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

सङ्घीय तथा प्रदेश सशर्त अनुदान साझेदारी कार्यक्रमका लागि रु दुई करोड ९२ लाख बजेट विनियोजन गरिएको उपप्रमुख राईले बताउनुभयो । वडा तहमा जाने पूँजीगत योजनाका लागि रु चार करोड ७५ लाख ५० हजार, कार्यक्रम खर्च रु एक करोड २० लाख र चालु अन्तरगत रु एक करोड १६ लाख बजेट विनियोजन गरेको हो ।

अनिवार्य दायित्व सिर्जना हुने आयोजनाका लागि रु एक करोड, कार्यालयतर्फ प्रशासनिक तथा कार्यक्रम खर्चका लागि रु १३ करोड ८४ लाख, विषयगत कार्यक्रमतर्फ रु दुई करोड ९५ लाख ९२ हजार र नगरस्तरीय योजना तथा कार्यक्रमका लागि रु छ करोड ६१ लाख २० हजार बजेट विनियोजन भएको छ ।
कृषि तथा पशुपन्क्षीकाव्यवसायिक केरा खेती लागि रु १५ लाख र कफी खेती  प्रबर्द्धनका लागि रु ४५ लाख, रैथाने बाली प्रबर्द्धन  लागि रु छ लाख, कृषि कर्जाको व्याज अनुदानमा रु पाँच लाख, बाली तथा पशु बीमा कार्यक्रम नगद अनुदान कार्यक्रम सञ्चालनका लागि रु एक लाख ५० हजार , प्याज र बेसार उत्पादक कृषकलाई उत्पादनमा आभारित अनुदानका लागि रु चार लाख, बाली संरक्षण तथा तरकारी उत्पादनका लागि बीउ विजन वितरण गर्न रु नौँ लाख, जनतालाई सुनौँ उपमेयर कार्यक्रमका लागि रु आठ लाख, घुम्ती पशुपन्क्षी स्वास्थ्य शिविरको लागि रु पाँच लाख विनियोजना गरिएको छ ।
वन्यजन्तु आक्रमणलाई न्यूनिकरण गर्न अध्ययन गरी उपयुक्त विधि अवलम्बन गर्न बाली संरक्षण कार्यक्रमका लागि रु ७५ लाख, दूधमा आत्म निर्भर हुनका लागि गाई तथा भैंसी पकेट तथा स्रोत केन्द्र सञ्चालनका लागि रु ३० लाख, पशु पालनमार्फत स्वरोजगार प्रबर्द्धन र आय आर्जन वृद्धिका लागि पाडापाडीमा अनुदान वितरण गर्नका लागि रु ४२ लाख र कृषि तथा पशुपालन क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषि तथा पशुपन्क्षी विकास कार्यक्रम अन्तरगत रु तीन करोड ४३ लाख बजेट विनियोजन गरिएको छ ।
सिँचाइखेनियोग्य जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यका साथ साना तथा मझौला सिँचाइख आयोजनाहरूतर्फ सङ्घ, प्रदेश र नगरपालिकाको समेत साझेदारी रहने गरी एकमुष्ट रु तीन करोड विनियोजन गरेको छ ।
रोजगारी तथा लघु उद्यमवैदेशिक रोजगारीमा गएर फर्केका व्यक्तिहरुका लागि पुनः एकीकरण परियोजना सञ्चालन गर्न सङ्घ र नगरपालिकाको लागत साझेदारीमा रु एक करोड ११ लाख र वैदेशिक रोजगारीमा जान चाहने युवालाई लक्षित गरी सुरक्षित आप्रवासन परियोजना अन्तरगत रोजगार प्रबर्द्धन  कार्यक्रमका लागि रु ३९ लाख ५४ हजार बजेट विनियोजन भएको छ । स्थानीय स्रोत साधन परिचालन गरी रोजगारी प्रबर्द्धन  गर्न लघु उद्यम विकास कार्यक्रमतर्फ रु १३ लाख, नगरपालिकाभित्रका सूचीकृत बेरोजगारहरूलाई रोजगारीको सुनिश्चितता गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनाको लागि रु ८४ लाख १३ हजार बजेट विनियोजन गरिएको हो ।
सहकारीसहकारी कार्यक्रमका लागि रु १५ लाख बजेट विनियोजन गरिएको छ । यो कार्यक्रम नगरपालिकाभित्र सञ्चालित सबै सहकारीसँग समन्वय गरेर सञ्चालन गरिने जनाइएको छ ।
पर्यटन पूर्वाधारकालिका भगवति तथा मझुवागढी सौन्दर्यकरण निरन्तरताको लागि रु एक करोड ५३ लाख ८४ हजार, बुइपामा प्रदेश सरकारसँगको सहकार्यमा निर्माण हुने विश्वकै सबैभन्दा अग्लो यलम्बरको मूर्ति निर्माण कार्यलाई निरन्तरता दिन रु दुई करोड, नेर्पाको साकेला भिलेज पार्क निर्माणलाई निरन्तरता दिन रु ४६ लाख १६ हजार,किराँत सांस्कृतिक सङ्ग्राहलय निर्माणको लागि रु ३६ लाख, शिव पार्वती मन्दिर योजना पुराना गाउँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ को लागि रु ३६ लाख र शहदेउगढी संरक्षणको लागि रु १४ लाख बजेट विनियोजन भएको हो ।
शिक्षाप्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय लेखा कर्मचारीहरुको नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक सुनिश्चित हुने गरी नगरपालिकाको तर्फबाट रु एक करोड ४६ लाख ५७ हजार बजेट विनियोजन भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरुपालिका–१२ जालपास्थित जालपा मा.वि. मा पुस्तकालय निर्माण गर्न रु २० लाख र शैक्षिक गुणस्तर सुधारको लागि शिक्षा क्षेत्रमा रु ४१ करोड ४२ लाख २४ हजार विनियोजन भएको हो ।
युवा तथा खेलकुदबुइपा खेल मैदान निर्माणको लागि रु ४० लाख र आचार्य गाउँ कवर्डहल निर्माण गर्न रु दश लाख बजेट विनियोजन भएको छ ।
खार्मीको स्वास्थ्य चौकी भवन निर्माण गर्न रु २० लाख, महिला स्वास्थ्य स्वयम् सेविकालाई प्रोत्साहन स्वरुप मासिक रु एक हजार र स्वास्थ्य सेवामा सबैको पहुँच पुर्‍याएर स्वास्थ्य सेवाको स्तरोन्नति गर्न स्वास्थ्य तथा पोषण क्षेत्रका लागि रु सात करोड ७४ लाख ६१ हजार बजेट विनियोजन भएको छ ।
महिला बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याणसमावेशी र समतामूलक विकास र सशक्तिकरणको लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक विकास कार्यक्रमको लागि रु ३२ लाख, प्रदेश सरकार, करुणा फाउण्डेसन र नगरपालिकाको साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रमको निरन्तरताको लागि रु ५९ लाख ७३ हजार बजेट विनियोजन भएको छ ।
भाषा, संस्कार, संस्कृति संरक्षणकिराँत रिङ्गा लिङ्छा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ मा भवन निर्माण गर्न रु २५ लाख बजेट विनियोजन गरिएको उपप्रमुख राईले बताउनुभएको छ ।
पूर्वाधार विकासदिक्तेल–पाथेका–केपिलासगढी सडकस्तरोन्नतिको लागि सङ्घ र नगरपालिकाको लागत साझेदारीमा रु एक करोड, कर कार्यालयको गेटदेखि खाल्ले जाने सडक स्तरोन्नतिको लागि रु ४० लाख, दिक्तेल हस्पिटल–चोक–दोर्पा–दुम्ली सडक स्तरोन्नतिको लागि रु ५० लाख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ५ डाँडाबारी–पुरानोगाउँ–भदौरे–फड्कनेदेउराली हुँदै तावा दोभान सडक स्तरोन्नतिको लागि रु ४० लाख र दिक्तेल बजार सडक स्तरोन्नतिको लागि प्रदेश सरकारसँगको समन्वयमा रु एक करोड ३० लाख बजेट विनियोजन गरिएको हो।