हलेसी दर्शन गरेर फर्किएको हाइलक्स गाडी सुनकोसी नदिमा खस्यो ३ जना बेपत्ता
खोटाङ / शनिवार खोटाङको हलेसी मन्दिरमा दर्शन गरेर फर्किने क्रममा अपराह्न ५ : ३० बजे गोलञ्जर गाउँपालिका वडा नम्बर १ कुँडेलमा भएको गाडी दुर्घटनामा ३ जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा गाडी चालक अविन बाके, गाडीमा सवार प्रणीत स्यावो र बलराम भतुवा रहेका हुन् ।
सुनकोसीमा खसेलगत्तै १ जना भने पौडेर बाहिर निस्किएका छन् ।नदीबाट सुशान्त कक्षपति पौडिएर बाहिर निस्किएको सिन्धुलीका निमित्त प्रमुख जिल्ला अधिकारी कृण्णमणि फुयालले जानकारी दिए ।
उनको कुम र टाउकोमा चोट लागेको छ । कक्षपतिलाई उपचारका लागि खुर्कोट पठाइएको फुयालले जानकारी दिए ।
फुयालका अनुसार गाडी भेटिए पनि बेपत्ता भएका ३ जनाको खोजी कार्य जारी रहेको छ ।भक्तपुरको सुर्यविनायक नगरपालिका ४ बाट हलेसी तीर्थयात्रा गएर फर्किने क्रममा गाडी दुर्घटना भएको हो ।
गाडी मध्यपहाडी लोकमार्ग हुँदै भक्तपुर फर्किँदै गर्दा दुर्घटनामा परेको थियो ।
बेपत्ताहरूको खोजीका लागि सशस्त्र प्रहरीका १० र जनपद प्रहरीका २५ जना परिचालन गरिएको फुयालले जानकारी दिए ।
प्रभावन्युज
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



