पर्यटकिय क्षेत्रको पर्यटन प्रवर्धनको लागि खुला फोटो प्रतियोगिता

खोटाङ / पर्यटकिय क्षेत्रको पर्यटन प्रवर्धनको लागि खुला फोटो प्रतियोगिता सञ्चालन भएको छ ।

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-६ छितापोखरी स्थित मैस्याङडाँडा / सुम्निमा पारुहाँङ पार्क पर्यटकिय क्षेत्र प्रवर्धनको लागि खुला फोटो प्रतियोगिता सञ्चालन भएको हो ।

दिप्रुङ चुईचुम्मा गाउँपालिकाको आधिकारिक पेजमा भदौ २५ गते देखि असोज १० गते सम्म कमेन्टबक्समा  मैस्याङडाँडा  / सुम्निमा पारुहाँङ पार्कमा खिचिएको तस्बिर कमेन्ट गर्दै अनिवार्य रुपमा पेजलाई फलो र सियर गरेको हुनु पर्ने गाउँपालिकाले जनाएको छ ।

कमेन्टको तस्बिरमा सबै भन्दा बढी लाईक र रियाक्ट भएको  तस्बिरलाई प्रथम घोषणा गरिने भएको हो ।
प्रथम, द्वितीय, तृतीय र उत्कृष्ट दुई जनालाई पुरस्कारको ब्यबस्था रहेको छ ।

प्रथम बिजेतालाई  दुई हजार नगदको साथमा गाउँपालिकाको लोगो अंकित टि-र्सट र प्रमाणपत्र,द्वितीय हुनेलाई एक हजार पाँच सय साथमा टि-र्सट र प्रमाणपत्र तृतीयलाई एक हजारको साथमा टि-र्सट र प्रमाणपत्र उत्कृष्ट दुई जनालाई गाउँपालिकाको लोगो अंकित टि-र्सट र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाको प्रवक्ता भुपेन्द्र बस्नेतले जानकारी दिए ।