बाढि पहिरो पीडितलाई आर्थिक सहायता तथा राहत उपलब्ध गराउने दिप्रुङको निर्णय
खोटाङ / खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले बाढि पहिरो पीडित पालिकाबासीहरुलाई आर्थिक सहायता तथा राहत उपलब्ध गराउने निर्णय गरेको छ।
पालिकाले गत १० गते देखि १२ गते सम्म परेको अबिरलको वर्षाका कारण आफ्नो गाउँपालिका भित्र बाढी, पहिरोले क्षती भएका घर,खेतबारी,जग्गाको प्रकृति र क्षती विवरण अनुसार प्रतिघर ३५ हजार र अन्न बाली अन्तरगत ८ हजारसम्म आर्थिक सहायता तथा राहत उपलब्ध गराउने निर्णय गरेको छ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका, गाउँकार्यपालिकाको बैठकले आवास/घर पुनर्स्थापन अन्तर्गत पुर्ण क्षती ३५ हजार, आशिँक क्षती १५ हजार र धान,मकै,कोदो,जुनेलो खेती पुर्णनस्ट तीन हजार र तेलहन,दलहन अन्तरगत ८ हजार राहत तथा आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो।
गत ३ दिनको लगातारको बर्षातले गाउँपालिका भित्रका सडकबाटो, बिध्यालय जस्ता भौतिक संरचनामा ठूलो क्षती भएको छ। साथै नागरिकका घर,गोठ, र पशुचौपायाहरु क्षती भएका छन् ।
गाउँपालिका भित्र सिमित स्रोत साधन भएता पनि जनताको घाउमा मलमपट्टी लगाउन क्षतिको प्रकृति र विवरण अनुसार समान रुपमा ब्यबस्थित गरि आर्थिक सहायता तथा राहत बितरण गर्न मापदण्ड तयार गरिएको अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



