हलेसीमा खुल्ला महिला फुटबल प्रतियोगिता हुने

खोटाङ /खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले खुल्ला महिला फुटबल प्रतियोगिताको आयोजना गरेको छ । हलेसी तुवाचुङ नगरपालिकाले लैङिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर “मेरो गोल लैङिक हिंसा विरुद्धको बोल” भन्ने मुल नारा साथ खुल्ला महिला फुटबल आयोजना गरेको हो ।

प्रतियोगितामा विजेता हुने टिमलाई १ लाख ११ हजार १११ रुपैयाँका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने खेल प्रशिक्षक मिलन कसजुले बताउनु भयो ।
त्यसै गरि उपविजेतालाई ५५ हजार ५ सय ५५ साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तै ६ वटा विधामा विधागत पुरस्कार प्रदान गरिने बताइएको छ । उत्कृष्ट खेलाडीलाई १ हजार ५५५ ट्रफी र प्रमाणपत्र प्रदान गरिने साथै उत्कृष्ट गोल किप्पर ,प्रशिक्षक, मिडफिल्टर, डिफेन्डर र हाइस्कोर लाई १ हजार १११ साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।
हाल सम्म जिल्लाबाट ६ वटा टिम र बाहिरबाट १ वटा टिमले दर्ता गरेको प्रशिक्षक कसजुले बताउनुभयो ।

हलेसी तुवाचुङ नगरपालिका -७ बसाहथान खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन मंसिर ८ बाट भई १० गते समापन हुने छ। खेलमा टिम दर्ता शुल्क १ हजार ५ सय ५५ रुपैयाँ लाग्ने नगरपालिकाले जनाएको छ ।