सर्वसम्मतको प्रयासले प्रदेशको नामाकरण र राजधानी टुंग्याउन विलम्ब : मन्त्री घिमिरे
मंसिर १६ आइतवार, २०७५
खोटाङ । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सर्वसम्मतको प्रयासका कारण १ नम्बर प्रदेशको नामाकरण र राजधानीको टुंगो लगाउने काममा ढिलाई भएको बताएका छन् । लैगिक हिंसा विरुद्धको १६ दिने अभियान सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने सिलसिलामा खोटाङ आइपुगेका सामाजिक विकास मन्त्री घिमिरेले आईतबार पुष्पलाल स्मृति भवनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा प्रदेशको नाम र राजधानीको विषयलाई हालसम्म सर्वसहमतीमा टुंग्याउने प्रयत्न गरिएका कारण प्रदेशको नाम र राजधानी टुंग्याउने काम बाँकी रहन पुगेको बताएका हुन् ।
उनले केही समयपछि सुरु हुने हिउँदे अधिबेसनको शुरुमै प्रदेशको नाम र राजधानी टुंग्याइने बताए । ‘प्रदेशको सगरमाथा, कोशी, किरात, लिम्बुवान जस्ता विभिन्न नाम चर्चामा आएका छन्, राजधानीका बिषयमा पनि विराटनगर, धरान, इटहरी र गोठगाउँको नाम आइरहेको छ,’ मन्त्री घिमिरेले भने, ‘सबैको सहमतीमा टुंग्याउन खोज्दा विलम्ब भएको हो । हिउँदे अधिबेसनमा सके सर्वसहमतीमा नसके विधि र प्रकृयाबाट नाम र राजधानी टुंग्याउने छौँ ।’
सामाजिक विकास मन्त्री घिमिरेले नेकपा सरकारले प्राप्त अवशरलाई सदुपयोग गर्न सके पचासौं वर्ष अघि बढ्ने बाटो खुल्ने तर दुरुपयोग भएमा पाँच वर्षपछि नामोनिसान नरहे खतरा औंल्याए । ‘हामीले पाँच वर्ष जनमैत्री काम गर्न सक्यौँ भने सयौं वर्ष अघि बढ्न सक्छौँ,’ मन्त्री घिमिरेले भने, ‘राम्रो काम गर्न सकेनौँ भने र अवशरलाई सदुपयोग गर्न सकेनौँ भने पाँच वर्षपछि हाम्रो नामोनिसान नरहनेतर्फ हामी समेत बन्नु पर्छ ।’ मन्त्री घिमिरेले मंसिरभित्रमा नेकपा एकीकरणको कामले तल्लो तहसम्म पूर्णता पाउने बताए ।
कार्यक्रममा नेकपाकी नेतृ दुर्गाजयन्ती राईले शक्तिशाली भएपनि सरकारले लोककल्याणकारी काम गर्न नसकेको भन्दै पार्टीको ध्यानाकर्षण गराएकी छन् । कार्यक्रमपछि मन्त्री घिमिरेले प्रयोगात्मक शिक्षाको अभ्यास गरिरहेको शुभद्रा मदन फाउण्डेसन पुगेर अध्ययन अवलोकन गरेका छन् । मन्त्री घिमिरेलाई जिल्ला समन्वय समिति खोटाङले स्वागत गरेको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



