रुखले किचेर खोटाङमा एक जनाको मृत्यु

खोटाङ / खोटाङमा रुखले किच्दा एक जनाको मृत्यु भएको छ । गोलिया काठ काट्ने क्रममा रुखले किचेर हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित ढाडगाउँका १८ वर्षीय मिलन दमाईंको मृत्यु भएको हो ।

रुख ढाल्ने गोलिया काठ सङ्कलन गर्ने क्रममा
रावाबेँसी गाउँपालिका–२ खार्पाका कमलबहादुर सार्कीको भडाँरेस्थित नीजि वनमा रहेको रुखबाट गोलिया काठ काट्ने क्रममा मौवाको सुकेको रुख ढलेर किच्दा सोमबार मिलनको घटनास्थलमै मृत्यु भएको रावाबेँसी गाउँपालिक–२ का वडाध्यक्ष डोलराज बस्नेतले जानकारी दिए ।

मृतक मिलन दमाईं हप्ता दिनअघि ज्यालादारी कामका लागि आएका थिए । मृत्युको खबर पाएपछि जिल्लाबाट प्रहरी टोली आएर मुचुल्का उठाएपछि शव परीक्षणका लागि सोमबार नै जिल्ला पठाइएको छ ।