खोटाङमा सुमो दुर्घटना हुँदा गम्भीर घाइते राईको निधन
खोटाङ / काठमाडौं बाट केपिलासगढी गाउँपालिका आउँदै गरेको सुमो दुर्घटना हुँदा गम्भीर घाइते भएका दुर्गाप्रसाद राईको निधन भएको छ ।
ना.१ ज ७१८१ नम्बरको टाटा सुमो बुधबार दिउँसो अन्दाजी -२ बजे केपिलासगढी गाउँपालिका-३ बास्पानी राटिमा दुर्घटना भएको थियो । दुर्घटनामा परि गम्भीर घाईते भएका केपिलासगढि गाउँपालिका-१ फेदिका ७३ बर्षिय राइको जिल्ला अस्पताल दिक्तेलमा बेलुका ७:३० बजे उपचारको क्रममा निधन भएको जिल्ला अस्पताल खोटाङको प्रमुख रुपेश संग्रौलाले बताए ।
सुमोको बायाँ पट्टि चक्कामा बास अड्किएको र निकाल्न चालक बाहिर निस्कने क्रममा बाँसपानी भदौरेडाँडा सडकबाट करिब दुई सय मिटर तल ताप खोला बगरमा झरेको हो ।
सुमोमा एक जना मात्र यात्रु सवार रहेको स्थानीयको भनाई छ । सुमो चालक शत्रुधन राईलाई प्रहरिले सामन्य अबस्थामै नियन्त्रणमा लिइ थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका खोटाङको सूचना अधिकारी प्रहरी निरीक्षक मोहन पोखरेलले बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



