पाथेकाको एक गाउँमा आयातीत पेयपदार्थ प्रतिबन्ध

खोटाङ / खोटाङको पाथेकाको एक गाउँमा आयातीत पेयपदार्थ प्रतिबन्ध लगाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १० पाथेकाको साबिकको वडा नम्बर ३ मा टोल विकास समितिको माग १२ गते भएको निर्णय अनुसार आगमी दिनमा गाउँमा शुभ अशुभ कुनै पनि कार्यमा ड्यु, कोक, पेप्सी,फेन्टा जस्ता पेयपदार्थ प्रयोग गर्न नपाइने भएको हो ।
समितिको यस निर्णयलाई उल्लंघन गरेमा पहिलोपटक  पाँच हजार , दोस्रोपटक सात हजार र तेस्रोपटक दश हजार जरिवाना तिर्नु पर्ने गाउँ विकास समितिका अध्यक्ष सर्वधन राईले बताएका छन् ।
गाउँमा हुने मरौपरौ, विहेभोज, छेवर, पास्नि जस्ता जुनसुकै शुभ या अशुभ अन्य कार्यहरूमा आयातित पेयपदार्थ प्रयोगमा रोक लगाइएको राइले बताएका छन् ।
टोल विकास समिति र ३ नम्बर वडाका ४० घरका सदस्यहरु उपस्थित भई आगामी दिनमा आयातित पेयपदार्थ प्रयोग नगर्ने निर्णय गरिएको बताइएको छ ।