सिंगो गाउँपालिकामा कफी खेतीको तयारी
मंसिर १६ आइतवार, २०७५
खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा व्यवसायिक रुपमा कफी खेती विस्तारको काम थालिएको छ । कफी खेतीको सम्भाव्यतालाई मध्यनजर गर्दै ऐसेलुखर्क गाउँपालिकाका ७ वटै वडामा कफी खेती विस्तारको काम थालिएको हो ।’ गाउँपालिका र इकोहिमालको सहयोगमा अर्गानिक कफी कोअपरेटिभ लिमिटेड ऐसेलुखर्कले सबै वडामा अर्गानिक कफी विस्तारको काम सुरु गरेको हो ।
परम्परागत रुपमा कफी खेती लगाइरहेका किसानलाई व्यवसाियक रुपमा कफी खेती लगाएर आर्थिक संमृद्धि प्राप्तिका लागि आईतबारदेखि ऐसेलुखर्क गाउँपालिका–७ माक्पामा कफी खेती सम्बन्धी तालिम सुरु गरिएको छ । माक्पामा आयोजित तीन दिने तालिम प्रतिनिधिसभा सदस्य विशाल भट्टराई र गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले आईतबार उद्घाटन गरेका हुन् । ‘
कफी खेती सम्बन्धी माक्पामा सुरु गरिएको तालिम मंसिर २५ गतेसम्म विभिन्न वडामा सञ्चालन गरिने अर्गानिक कफी कोअपरेटिभ लिमिटेडले जनाएको छ । हरेक वडाका ३०/३० जनाका दरले गाउँपालिकाभित्रका २१० किसानलाई व्यवससायिक कफी उत्पादन, प्रशोधन तथा बजारीकरण सम्बन्धी दक्षता प्रदान गर्ने लक्ष्यकासाथ तालिम सुरु गरिएको अर्गानिक कफी कोअपरेटिभ लिमिटेडका सचिव किशोर राईले बताए । कफीको व्यवसायिक खेतीका लागि किसानलाई गाउँपालिकाले २ लाख ५० हजार र इकोहिमालले तालिम, प्राविधिक, उपकरणलगायत सहयोग गरेको छ ।
किसानलाई कफीको विरुवा रोप्नेदेखि उत्पादन गरेर खानेसम्मको विधिका बारेमा जानकारी दिईने छ । किसानलाई कफीको नर्सरी उत्पादन गर्ने, बीउ छर्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, हाँगा काँटछाँट गर्ने, बढि फल फलाउने, टिप्ने, बोक्रा छोडाउने, सुकाउने, पिस्नेदेखि बजार व्यवस्थापनसम्मका विषयमा तालिम दिइने अर्गानिक कफी कोअपरेटिभ लिमिटेड ऐसेलुखर्कका सचिव राईले बताए । ‘
किसानलाई कफी रोप्नेदेखि गिलासमा हाल्नेसम्मका चरणका बिषयमा तालिम दिइन्छ,’ सचिव राईले भने, ‘किसानले स्वःतस्फुर्तरुपमा लगाएका कफीको बोटले राम्रो फल दिइरहेको र गुणस्तर पनि राम्रो पाइएकाले यस क्षेत्रमा कफीको सम्भावना राम्रो रहेको छ ।’ तालिमका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्ड सञ्चालक सदस्य भोजराज प्रधान, कफी प्राविधिक गंगा अधिकारी, मिठाराम जमर्कट्टेलको टोली ऐसेलुखर्क गाउँपालिका आएका छन् । किसानलाई कफीको नर्सरी वितरणका साथै उत्पादन सम्बन्धी ज्ञान समेत प्रदान गरिने छ ।
सम्भाव्यता अध्ययनकाक्रममा ऐसेलुखर्कका हरेक वडामा कफीको सम्भावना उत्कृष्ट देखिएकाले कफी खेती विस्तारको काम थालिएको हो । हालसम्म किसान आफैले लगाएका कफी बाली राम्रो देखिएकाले गाउँपालिकाका हरेक जग्गा खाली नराख्नेगरी काम अघि बढाइएको अर्गानिक कफी को–अपरेटिभ लिमिटेडले जनाएको छ ।
किसानलाई कफी उत्पादन, बजारीकरणदेखि आफै उद्योग स्थापना गरेर प्रशोधन गर्नेसम्मको लक्ष्य राखिएको सचिव राईले बताए । ‘हाललाई कफी उत्पादन गर्ने र बजारीकरणका विषयमा किसानलाई ज्ञान दिइन्छ,’ राईले भने, ‘त्यसपछि आफै कफी उद्योग स्थापना गरेर प्रशोधन गर्ने हाम्रो लक्ष्य छ ।’
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



