खोटाङमा कुकुरले खाएको अवस्थामा नवजात शिशुको शव फेला

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित खरबारीमा कुकुरले खाएको अवस्थामा नवजात शिशुको शव फेला परेको छ।
स्थानीय जसबहादुर राईको घरबाट अन्दाजी ८ सय मिटर पर रहेको बाँसभञ्ज्याङ नजिकै खाल्डो खनेर पुरेको अवस्थामा शिशु भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ।

मृत अवस्थामा रहेको शिशुको एउटा हातबाहेक सबै कुकुरले खाएको भेटिएको प्रहरीले जानकारी दिएको छ ।

उत्त हात पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।