दिप्रुङमा राष्ट्रपति रनिङ शिल्ड उपाधि सरस्वती मा.वि डाँडाखर्कलाई
खोटाङ / खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ मा सरस्वती माध्यमिक विद्यालय डाँडाखर्क प्रथम भएको छ । पाँचौं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ६ स्वर्ण पदक, २ रजत पदक र ४ कास्य पदक सहित सरस्वती माविले उपाधि चुमेको हो ।
दिप्रुङ चुईचुम्मा गाउँपालिका-३ शान्ती निकेतन मिना कर्ण मा वि सापातेलको खेलमैदानमा सञ्चालन भएको प्रतियोगिता माघ २५ गतेबाट सुरु भएको थियो । प्रतियोगितामा द्धितीय भएको शान्ति मा.वि. छोरम्बुले ४ स्वर्ण पदक, ४ रजत पदक र १ कास्य पदक प्राप्त गरेको छ । त्यस्तै, तेस्रो भएको महेन्द्रोदय मा.वि. ओख्रेले ४ स्वर्ण पदक, २ रजत पदक र २ कास्य पदक हात पारेको हो ।
चौंथो हुने कृष्ण मा.वि. टेम्माले ३ स्वर्ण पदक, ३ रजत पदक र ३ कास्य पदक प्राप्त गरेको दिप्रुङ चुईचुम्मा गाउँपालिका-३ छोरम्बुका वडा अध्यक्ष भुपेन्द्र बस्नेतले जानकारी दिनुभयो । प्रथम द्वितीय र तृतीय हुने बिद्यालयले क्रमस कर सहित १५ हजार १२ हजार र ९ हजार नगदको साथमा प्रमाणपत्र र शिल्ड प्राप्त गरेको बस्नेतले भनाई छ ।
गाउँपालिका अध्यक्ष लोकेन्द्र राई उपाध्यक्ष अरुणा थापा मगर ,अन्य जनप्रतिनिधि शिक्षक, लगाएतको उपस्थिति रहेको थियो । मंगलबार सम्पन्न खेलमा पालिकाभित्रका १४ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



