याम्खा पुर्ण खोप सुनिश्चितता  दिगोपना वडा घोषणा  

खोटाङ / दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर १ याम्खालाई १६ महिनादेखि ५ बर्ष मुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ ।

खोपको माध्यमबाट रोगको रोकथाम,नियन्त्रण , निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै बिहिबार एक समारोहका बीच याम्खा पूर्ण खोप सुनिश्चतता तथा दिगोपना वडा घोषणा गरिएको हो ।

वडा खोप समन्वय समिती याम्खाका संयोजक केशब खत्रीको अध्यक्षता तथा पालिका प्रमुख लोकेन्द्र राईको प्रमुख आतिथ्यता साथै जिल्ला समन्वय समिती सदस्य कला राई, छोरम्बुका वडा अध्यक्ष भुपेन्द्र बस्नेत, स्वास्थ्य शाखाबाट मुरारी प्रसाद सिग्देल, अन्य जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, लगायतको उपस्थितिमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम सम्पन्न भएको थियो । स्वास्थ्य चौकी याम्खाका प्रमुख स्मृति राईका अनुसार सबै साविकको ९ वटै वडाहरुमा घरधुरी सर्वेक्षण गरी १६ महिना देखि ५ वर्ष मुनिका ९४ जना बालबालिकाले पाउनुपर्ने सबै खोप पाएको सुनिश्चित भएको हो । ०-१५ महिना सम्मको ३१ जना बालबालिकाले निरन्तर खोप पाइरहेको जनाईएको छ । यस अघि दिप्रुङ चुईचुम्मा गाउँपालिका-५ सप्तेश्वर छितापोखरी स्वास्थ्य चौकिले पनि

१६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाले पुर्ण खोप सुनिश्चितता  दिगोपना वडा घोषणागरिसकेको छ  ।  बीसीजी,डीपीटी, ओपिभी, पिसिभी,रोटा,एफआईपीभी,एम आर,जेई, पिसिभि लगायत  विभिन्न चरणका खोप समय तालिकाभित्र प्राप्त गरेपछि पूर्ण खोप पाएको मानिन्छ ।हाल नेपालमा १३ वटा रोगहरुका बिरुद्द खोप लगाईदै आएको छ।