खोटाङमा चट्याङ लागेर एक जनाको मृत्यु
खोटाङ/ खोटाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। खोटाङको केपिलासगढी गाउँपालिका–७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राईको चट्याङ लागेर मृत्यु भएको हो।
शनिबार बिहान साढे चार वजेको समयमा दिलकुमारीलाई घरको आँगनमा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष तेजकुमार राईले जानकारी दिए ।
पानी परेर सामान भिज्न थालेपछि उठाउँन भन्दै घरको आँगनमा निक्लिएको समयमा दिलकुमारीलाई चट्याङ लागेर मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
दिलकुमारीको चट्याङ लागेर घटनास्थलमै ज्यान गएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए । खबर आएलगत्तै इलाका प्रहरी कार्यालय बाक्सिलाबाट प्रहरी नायव निरीक्षक गंगा चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको जनाइएको छ ।
जिल्लाबाट प्रहरी टोली घटनास्थल पुगेपछि मृतक दिलकुमारीको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइने जनाइएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



