निल्शुक आँखा शिबिरको पहिलो दिन ३८ जनाको मोतिविन्दुको शल्यक्रिया

खोटाङ / दिक्तेलमा सुरु भएको तीन दिने निशुल्क आँखा शिबिरको पहिलो दिन ३८ जनाको मोतिविन्दुको शल्यक्रिया भएको छ ।

आँखा अस्पताल दिक्तेलमा   चैत ९ गते देखि  ११ गते सम्म सञ्चालन  हुने शिबिरको पहिलो दिन  आँखा शिविरमा २५७ जनाले नाम दर्ता गराएका  हुन् ।

 नेत्र ज्योती संघ दिक्तेल  र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजना सगरमाथा चौधरी आँखा अस्पताल लाहानको प्राबिधिक सहयोगमा भएको शिबिरमा आवाश्यक्ता अनुसार २०० जनाले निशुल्क औषधि, बितरण गरिएको नेत्र ज्योती संघ खोटाङको सभापति ईन्द्र कसजुले बताउनु भयो ।

पहिलो चरणको निशुल्क आँखा शिबिर यहि चैत ४,५,६ गते केपिलासगढी गाउँपालिका- बाक्सिला बजारको स्थानीय ब्यबस्थापनमा  भएको थियो ।  निशुल्क आँखा शिबिरमा ३९२ जना सेवा ग्राहिले नाम दर्ता गराएर सेवा लिएको थिए । आँखा जाँच गराएर विभिन्न समस्या भएका मध्ये ४७ जना सेवाग्राहिले मोतिबिन्दुको सल्यक्रिया गराएको, ३०९ जनाले निशुल्क औषधि प्राप्त गरेको साथै ३४ जना जेष्ठ नागरिकलाई नजिक बाट पढ्न सक्ने देख्न सक्ने चस्मा बितरण गरिएको कसजुको भनाई छ ।