निशुल्क आँखा शिबिरको दोस्रो दिन ३० जना बढीको मोतिविन्दुको शल्यक्रिया
खोटाङ / दिक्तेलमा सुरु भएको तीन दिने निशुल्क आँखा शिबिरको दोस्रो दिन ३० जना बढिको मोतिविन्दुको शल्यक्रिया भएको छ ।
आँखा अस्पताल दिक्तेलमा चैत ९ गते देखि ११ गते सम्म सञ्चालन भइरहेको शिबिरको दोस्रो दिन आँखा शिविरमा २४० जनाले नाम दर्ता गराई आँखा जाँच गराएको हुन् । त्यसमध्ये ३३ जनाले शल्यक्रिया, १८० जनालाई औषधी बितरण र ७५ जना जेष्ठ नागरिकलाई चस्मा बितरण गरिएको नेत्र ज्योति संघ खोटाङको सभापति ईन्द्र कसजुले बताउनु भयो ।
दिक्तेलमा सुरु भएको तीन दिने निशुल्क आँखा शिबिरको पहिलो दिन ३८ जनाको मोतिविन्दुको शल्यक्रिया भएको थियो आँखा अस्पताल दिक्तेलमा चैत ९ गते देखि ११ गते सम्म सञ्चालन हुने शिबिरको पहिलो दिन आँखा शिविरमा २५७ जनाले नाम दर्ता गराएका थिए ।
नेत्र ज्योती संघ दिक्तेल र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजना सगरमाथा चौधरी आँखा अस्पताल लाहानको प्राबिधिक सहयोगमा भएको शिबिरमा आवाश्यक्ता अनुसार २०० जनाले निशुल्क औषधि, बितरण गरिएको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



