खोटाङमा सुम्निमा पारुहाङको सालिक तोडफोड
खोटाङ/ खोटाङमा सुम्निमा पारुहाङको सालिक तोडफोड गरिएको छ। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिक-६ को छितापोखरीमा निर्माण गरिएको सुम्निमा पारुहाङको सालिक तोडफोड गरिएको छ । शुक्रबार राति अज्ञात समूहले सुम्निमा पारुहाङको सालिक पुर्ण क्षती हुने गरि तोडफोड गरिएको हो ।
छितापोखरीको मैस्याङ डाँडामा दुई वर्षअघि कोशी प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा ४० लाख भन्दा बढि लगानीमा सुम्निमा पारुहाङ र वाबू (चिन्डो)को सालिक निर्माण गरिएको थियो।
सालिक निर्माण भएपछि आन्तरिक पर्यटकको आगमन हुन थालेपछि सुम्निमा पारुहाङ्को सालिक तोडफोड गरिएको हो।उक्त स्थानमा वैशाख १ गते साकेला सिलि प्रदर्शनीको कार्यक्रम राखिएपछि सालिक तोडफोड गरिएकाले दोषीलाई तत्काल पक्राउ गरि कारबाहीमा ल्याइने गाउँपालिकाले बिज्ञप्ति सार्वजनिक गरेको छ ।
मैस्याङडाँडा / सुम्निमा पारुहाङ पार्कमा पर्यटकिय क्षेत्रको पर्यटन प्रवर्धनको लागि गाउँपालिकाले गत भदौ २५ गते देखि असोज १० गते सम्म फोटो प्रतियोगिता सञ्चालन गरेको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



