गाउँपालिकाले खरिद गर्यो नयाँ एम्बुलेन्स सङ्गै एक्सरे सेवा सञ्चालन 

खोटाङ/ खोटाङको रावा बेसी गाउँपालिकाले नयाँ एम्बुलेन्स सङ्गै एक्सरे सेवा सञ्चालनमा ल्याएको छ ।

नव बर्ष २०८२ सालको सुरुवाती सङ्गै  गाउँपालिका भित्रका आफ्ना नागरिकहरुको सहजताको निम्ति एम्बुलेन्स र एक्सरे सेवा खरिद गरि संचालनमा ल्याएको हो । गाउँपालिकाको कार्यालय हरमटारमा सञ्चालनमा भइरहेको ५ सैयाको अस्पतालमा एक्सरे सेवा पनि सुरु गरिएको छ ।

 गर्भवती महिला र अति विपन्न बिरामी नागरिकलाई स्वास्थ्य संस्था सम्म  आवत जावत गर्नका लागि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराईने गाउँपालिका उपाध्यक्ष काैशिला गुरुङले जानकारी दिनु भयो ।

 पालिका भन्दा बाहिर एम्बुलेन्स प्रयोग गर्न परे तेल खर्च मात्र उठ्ने गरि नागरिकलाई सस्तो भाडदरमा सेवा दिईने प्रमुख प्रशासकिय अधिकृत सरोज रेग्मिले बताउनु भयो । रेग्मिका अनुसार २१ लाख ५३ हजारमा नयाँ एम्बुलेन्स खरिद गरिएको हो । पालिकाको पुरानो एम्बुलेन्स भएपनी मर्मत खर्च  बढी उठ्न थालेपछी नयाँ  खरिद गरिएको जनाईएको छ ।

 पुरानो एम्बुलेन्स लाई  मर्मत गरि सब वाहन बनाईने योजना

रावा बेसी गाउँपालिकाले पुरानो एम्बुलेन्स लाई  मर्मत गरि सब वाहन बनाईने योजना बनाएको छ ।

जिल्लामा ८ गाउँपालिका र दुई नगरपालिका गरि दश स्थानिय तह रहेको छ । हाल सम्म जिल्लामा एउटा् पनि शब वाहन नहुँदा भवितव्यमा परि ज्यान गुमाएकाहरुलाई पोष्टमाटम गर्न जिल्ला अस्पताल वा प्राथमिक स्वास्थ्य केन्द्र सम्म लैजान महङ्गो भाडा तिरेर लैजान बाध्यता रहेको छ ।