करेण्ट लागेर खोटाङमा एक जनाको मृत्यु
खोटाङ/खोटाङमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-८ बुवालुङ नास्तुमका ५५ वर्षीय गंगाप्रसाद ढकालको बिहीबार दिउँसो करेण्ट लागेर मृत्यु भएको हो ।
घर नजिकै बारीमा रहेको बिजुली पोल नजिक काम गरिरहेको बेला दिउसो १ बजेतिर पानी सङ्गै चट्याङ पर्दा ढकालको मृत्यु भएको भनी स्थानीयबाट खबर प्राप्त भएको र घटनास्थलमा पुगि अनुसन्धान गर्दा पोलमा भएको तार चुडिएको जस्तो देखिएको ,पोलको फेदमा डढेको, हात डढेकोले चट्याङ नभई करेण्ट लागेर मृत्यु भएको देखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिनु भयो ।
कानुनी प्रक्रिया पूरा गरि मृतकको पोष्टमाटम भोलि गरिने जनाइएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



