फाक्टाङ वडा कार्यालय भवनको शिलान्यास
खोटाङ/ खोटाङको बराहपोखरी गाउँपालिका ४ फाक्टाङ वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । शुक्रवार पालिका अध्यक्ष शालिकराम बन्जरा वडा अध्यक्ष सन्तोष आचार्य , वडाका अन्य जनप्रतिनिधिको उपस्थितिमा फाक्टाङ वडा कार्यालय भवनको शिलान्यास गरिएको हो । भवन निमार्णका लागि बराहपोखरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा ५३ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
उपभोक्ता समिति मार्फत निमार्ण गरिने भवन आगामी असार १० गतेभित्र निमार्ण सम्पन्न गर्ने लक्ष्य राखिएको वडा अध्यक्ष आर्चायले बताउनुभयो । पालिकाले छुट्टाएको ५३ लाख र उपभोक्ता समितिको ५ लाख गरेर कुल ५८ लाख भन्दा बढीको लागतमा भवन निमार्ण गरिने छ ।
निमार्ण गर्न लागिएको १ तले भवनमा एउटा बैठक हलसहित ४ वटा कोठा रहने छन् । यस्तै ट्वाइलेट तथा बाथरुम समेत रहने बताइएको छ ।
वडा कार्यालय भवन निर्माणका लागि फाक्टाङ निवासी नईन्द्र राई र श्रीमती अमृता राईले निःशुल्क जग्गा उपलब्ध गराउनु भएको हो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



