केएफए सुचन स्मृति मेयर कप फुटबल प्रतियोगिताको उपाधि बाक्सिलालाई 

खोटाङ/ छैटौ केएफए सुचन स्मृति दिक्तेल मेयर कप फुटबल प्रतियोगिताको उपाधि बाक्सिला फुटबल क्लवले चुमेको छ । शनिबार माटिकोरे खेलमैदानमा सम्पन्न खेलमा नुनथला स्पोर्टस् क्वललाई ६-० ले पराजित गर्दै बाक्सिला फुटबल क्लवले उपाधि चुमेको हो ।

प्रतियोगिताको विजेता टिमले दुई लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता नुनथला स्पोर्टस् क्लवले एक लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।

उत्कृष्ट खेलाडीमा बाक्सिला फुटबल क्लवका पदम भट्टराई छानिएका छन् । उनले सात हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

उष्कृष्ट प्रशिक्षक बाक्सिलाकै सनम राई जोजो,उत्कृष्ट गोल किपरमा बाक्सिलाकै विवश चौधरी, उच्च गोलकर्ता बाक्सिलाकै सुजन माझी घोषित भएका हुन् ।

उनीहरूले जनही चार हजार रूपैयाँका दरले नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । त्यस्तै उदीयमान खेलाडीमा खोटाङ फुटबल एकेडेमीका प्रतिक खड्का छानिएका छन् । उनले दुई हजार नगद सहित, ट्रफी र प्रमाणपत्र पाएका छन् । मेनअफदी म्याच वापत बाक्सिलाका सुजन माझी नै घोषित भएका छन् । उनिहरुलाई एक हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र बितरण गरिएको आयोजक खोटाङ फुटबल एकेडेमीका अध्यक्ष नुरकाजी सैंजूले बताउनु भयो ।

बुधबार देखि सुरु भएको खेलमा एक अफिसियल सहित ८ टिम सहभागीता रहेको थियो  ।