दिखुवा खोलामा मोटरेबल पुल शिलान्यास
खोटाङ / खोटाङको दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा पर्ने दिखुवा खोलामा मोटरेबल पुल शिलान्यास गरिएको छ । शनिबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्य मन्त्री भुपेन्द्र राईले उक्त मोटरेबल पुलको शिलान्यास गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले जिल्लामा अब यस्ता पुल र सडकहरु धेरै बन्ने बताएका छन् । आजसम्म जिल्लाका नागरिकलाई सबैले झुक्याएकाले अब त्यो छुट कसैलाई नभएको बताएका हुन् ।
गत फागुनबाट दिखुवा खोलामा पुल निर्माणका लागि पहल सुरु गरेको उल्लेख गर्दै निर्माण स्थलको अध्ययन, डिजाइन र लागत अनुमान सकिएको र अब टेण्डर खुलाउन लागिएको मन्त्री राईको भनाई छ । स्टिल ट्रष्ट भने जडान गरेर निर्माण स्थलमा ल्याउन थालिसकिएकाले अबको ६/७ महिना भित्रका दिखुवा खोलामा पुल निर्माण सम्पन्न हुने जनाईएको छ ।
दिखुवा खोलामा मोटरेबल पुल निर्माण गरेर सडकको स्तरोन्नति गर्ने हो भने दिक्तेलबाट पूर्वी तराईका जिल्ला आवजावत गर्न छोटो दुरि र सहज हुने स्थानीयको भनाइ छ ।
प्रदेश सडक पुल सहयोग इकाई ईटहरी र कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय गाइघाटको साझेदारीमा दिखुवा खोलामा (ट्रष्ट ब्रिज) मोटरेबल पुल बन्न लागेको हो । पुल निर्माणको लागि करिब ५ करोड ५० लाख लाग्ने भौतिक पूर्वाधार विकास मन्त्रालयको अनुमान छ । ट्रष्ट ब्रिज निर्माणका लागि आवश्यक स्टिल ट्रष्ट प्रदेश सडक पुल सहयोग इकाई ईटहरीले उपलब्ध गराउने छ ।
उक्त पुलका लागि करिब २ करोड बढीको स्टिल ट्रष्ट तयार पारिसकिएको प्रदेश सडक पुल सहयोग इकाई ईटहरीका प्रमुख सुर्य नारायण चौधरीले बताए ।शिलान्यासको दिन नै केही स्टिल ट्रष्ट पुल निर्माण स्थलमा पुर्याइएको छ । बाँकी क्रमश ल्याउने प्रमुख चौधरीको भनाइ छ ।
पुल निर्माणका अन्य पिल्लर निर्माण र ढलानको काम पूर्वाधार विकास कार्यालय गाइघाटमार्फत हुनेछ । उक्त कामको लागि भने टेण्डर खुलाउन बाकी रहेको मन्त्रालयले जनाएको छ ।केही महिना भित्र टेण्डर फाइनल गरेर बाकी पुल निर्माणको काम सुरु हुने मन्त्रालका प्रदेश सचिव अशोक कुमार साहले बताए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र १५ विजयखर्कको सिमानामा अवस्थित दिखुवा खोलामा मोटरेबल पुल नहुँदा बर्खामा सवारी साधान आवतजावत ठप्प हुने गरेको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



