खोटाङमा वैदेशिक राजगारिको लागि जानेको संख्या बढ्दो 

खोटाङ /  जिल्ला बाट वैदेशिक रोजगारमा बाहिरिनेको संख्या बढ्दो रहेको पाइएको छ ।  गत जेठ महिनामा मात्रै ७३६ पुरुष र ८४ जना महिला गरि ८२० जना वैदेशिक रोजगारीको लागि विभिन्न देशमा गएको सुरक्षित आप्रवासन परियोजना (सामी)ले बुधबार पत्रकार सम्मेलन गरि तथ्यांक सार्वजनिक गरेको हो ।

आ.व ८०, ८१ भित्र  वैदेशिक रोजगार समन्धी ठगिहरु बढ्दो क्रममा रहेको छ । १४ वटा ठगिको केश दर्ता भएकोमा ५ वटा केश समाधान गरि क्षतिपूर्ति बापत १ लाख ५० हजार फर्काइएको  र ९ वटा केश प्रक्रियामा रहेको तथ्यांकमा उल्लेख छ । एजेण्ड र मेनपावर  सङ्ग बिद्युतिय कारोबार नगर्दा वैदेशिक रोजगारीमा जाने मानिसहरु बढी ठगिने गरेको छन् ।

परियोजनाका कारण लक्षित वर्गले सही सूचना पाउन, कामदार तथा परिवारको आर्थिक सामाजिक सुदृढीकरण एवं सीप र उद्यमशीलतामा पहुँच बढेको परियोजनाका जिल्ला संयोजक सन्तोष राईले जानकारी दिए । चालू आ.व आप्रवासी स्रोत केन्द्रबाट सेवा २५२२ जना पुरुष र १११४ जना महिला गरि ३६३६ जनाले सेवा लिएको तथ्यांकमा उल्लेख छ ।

सुरक्षित आप्रवासन परियोजना (सामी) नेपाल सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौताअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका,केपिलासगढी गाउँपालिका, रावाबेसि गाउँपालिका गरि ४ वटा स्थानीय तहमा सञ्चालित छ ।

परियोजनाले विशेषगरी राहदानी बनाउन आउने व्यक्तिलाई सकेसम्म वैदेशिक रोजगारीमा नजान र जानै परे सीप सिकेर मात्र जान प्रेरित गर्दै आवश्यक सूचना, परामर्श र सीप दिँदै आईरहेको छ   ।