केपिलासगढी गाउँपालिका पुर्ण खोप तथा दिगोपना घोषणा
खोटाङ/ खोटाङको केपिलासगढी गाउँपालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । आ.व. २०८१/०८२ मा चैत्र महिनामा गरिएको घरधुरी सर्वेक्षणमा गाउँपालिकाभित्रका ०- १५ महिना उमेर समूहका २२३ जना बालबालिकाले नियमित तथा १६-५९ महिना उमेर समुहको ६१५ जना गरि जम्मा ८३८ जनाले पुर्ण खोप लगाइएको पाईएपछी गाउँपालिकालाई शुक्रबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
गाउँपालिकाको कार्यालय बाक्सिलामा आयोजित पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणासभामा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई उपप्रमुख सुरेशकुमार तामाङले कार्यक्रमलाई औपचारिकरुपमा उद्घाटन गर्नुभएको थियो । पालिका खोप समन्वय समितिका अध्यक्ष एवम् पालिका प्रमुख समिर राईको अध्यक्षतामा आयोजित कार्यक्रममा समन्वय समितिका प्रमुख राईले गाउँपालिका भित्रका सात वटै वडाको स्वास्थ्य चौकि र ७५ जना महिला स्वास्थ्य स्वयंसेविकालाई प्रसंशापत्र र समन्वय समिती र स्वास्थ्य कार्यालयलाई कदर पत्र प्रदान गरिएको स्वास्थ्य शाखा संयोजक शिव कुमार राईले बताउनु भयो ।
पूर्णखोप सुनिश्चितता घोषणासभामा जनप्रतिनिधि, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन प्रसाद चौलागाईं ,महिला स्वास्थ्यसेवम सेविका, कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि स्वास्थ्यकर्मी लगायतले दिगोपनाका लागि तयार पारिएको प्रतिवद्धतापत्रमा हस्ताक्षरसमेत गरेका छन् ।
नेपाल सरकारले जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायतका १४ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



