खोटाङमा पुर्ण कोभिड १९ को फाइजर खोप दिन सुरु
खोटाङ/ कोभिड १९ को संक्रमण बढ्न थालेपछि खोटाङमा फाइजर खोप दिन सुरु गरिएको छ । संक्रमण फैलिन थालेको र बिराटनगरमा एक जनाको मृत्यु समेत भएपछि स्वास्थ्य कार्यालयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाका नागरिकलाई कोभिड १९ विरुद्धको खोप दिन सुरु गरेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा असार १५ गतेदेखि असार १९ गतेसम्म र हलेसी तुवाचुङ नगरपालिकामा असार १७ गतेदेखि असार १९ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ ।
कोभिड १९ को संक्रमण रोकथामका लागि दुई नगरपालिकाका २० हजार जनसंख्यालाई फाइजर खोप दिने योजना बनाइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौंलागाईले जानकारी दिए ।
खोप उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, जिल्ला समन्वय समिति खोटाङका उपप्रमुख सुरेशकुमार तामाङ, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, नेपाल पत्रकार महासंघ खोटाङका निवर्तमान अध्यक्ष दिलीप खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी कार्यपालिका सदस्य मीना कार्की, नगरपालिकाका जनस्वास्थ्य निरिक्षक खेमराज आचार्य लगायतले खोप लगाइएको जनाइएको छ ।
पहिलो दिन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४१८ जनालाई फाइजर खोप दिइएको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक आचार्यले बताए । असार १५ गते जिल्ला समन्वय समितिको हल र सरस्वती मावि दिक्तेल केन्द्रबाट खोप दिइएको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



