खोटाङमा  भिरबाट लडेर  एक जनाको मृत्यु 

खोटाङ / खोटाङमा  भिरबाट लडेर  एक जनाको मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका-३ बास्पानीकि  ६२ बर्षिय कौशिला राईको मृत्यु भएको हो ।

बुधबार केपिलासगढी गाउँपालिका-४ बाक्सिला बजार हिडेकी राई अबेरसम्म घर नफर्के पछि आफन्तहरुले खोज्ने क्रममा बिहिवार दिउँसो जौवारी जाने बप्ले भिरको गोरेटो बाटोबाट अन्दाजी १०० मिटर तल लडि/ झरी मृत अवस्थामा  फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी शुसान्त  मिश्रले जानकारी दिनु भयो ।

राईलाई पोष्टमाटमको लागि जिल्ला अस्पताल दिक्तेल लगिएको जनाइएको छ ।