खोटाङमा एउटै मोटरसाइकलमा सवार ४ जना मध्ये एकको मृत्यु ३ घाईते

खोटाङ/ खोटाङमा एउटै मोटरसाइकलमा सवार चार जना मध्ये एक जनाको मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका-२ खार्ताम्छा चोखानेको ११ बर्षिय यर्मिया राईको मृत्यु भएको हो ।

खार्ताम्छा चोखाने स्थित कच्ची सडक खण्डमा बा ४१ प ८८१७ नम्बरको मोटर साईकल आईतवार बेलुका ७:३० बजे आफै अनियन्त्रित भई सडकबाट अन्दाजी  पाँच मिटर तल खसि दुर्घटना हुँदा सोही ठाउँका बाईक चालक जसकुमार राई ,बर्ष १० की झरना राई  र बर्ष ११ को समिक्षा राईको सामान्य अबस्थामा फेमेली केयर अस्पताल दिक्तेलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङको सूचना अधिकारी सुशान्त मिश्रले जानकारी दिनु भयो ।

सोमबार बिहान फेमेलि केयर अस्पतालमा  पुगि मृतक लासको कानुनि प्रकृया शुरु गरिएको मिश्रले भनाई छ ।