खोटाङमा १२ बर्षिय वालिका मृत्यु प्रकरण– सत्यतथ्य छानबिनका लागि ज्ञापनपत्र 

खोटाङ / खोटाङमा  वालिकाको मृत्यु प्रकरणलाई  बलात्कारपछि हत्या भएको आशंका गर्दै ज्ञापनपत्र बुझाएका छन् । साउन २९ गते साँझ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–३ बाम्राङस्थित रामकुमार हिङ्माङको घरमा बस्ने तेज बहादुर अछामीको छोरी १२ वर्षीया तारा अछामी झुण्डिएर मृत अवस्थामा भेटिएकी थिइन् ।

ताराको मृत्यु प्रकरण -बलात्कार पछि हत्या हुन् सक्ने थुप्रै आधारहरु भएको भन्दै जिल्ला स्थित १२ संघ संस्थाले बिहिवार जिल्ला प्रशासन कार्यालय खोटाङको प्रमुख कल्पना श्रेष्ठ मार्फत सत्यतथ्य छानबिनको लागि ज्ञापनपत्र बुझाएका हुन् ।

जनप्रतिनिधि आईनपुग्दै सब प्याकिङ गरिएको,कम्बर मुनिको अङ्ग नाङ्गो अबस्थामा भेटिनु,घट्ना स्थलमा बिज्ञ र फोरेन्सिक जनशक्तिको प्रयोग नहुनु,१२ बर्षकै उमेरमा डिप्रेशन वा तनावको कारण आत्माहत्या गर्न सम्भावना कम हुनु,टिसर्ट र सुत्री डोरिको प्रयोग गरि खुट्टा टेकिएकै अबस्थामा झुण्डिएको हुनु,घट्ना स्थलमा पटक पटक प्रहरी परिचालन गराई अनुसन्धानलाई तिब्रता दिनु पर्नेमा त्यसो नगरिनु  आधारहरु देखिएकाले बलात्कार पछि हत्या हुन् सक्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

अनेरास्ववियु जिल्ला कमिटी खोटाङ,राष्ट्रियमानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी खोटाङ ,महिला मानव अधिकार  रक्षक सञ्जाल खोटाङ ,महिला अध्ययन एकता केन्द्र खोटाङ , बालसेवा समाज नेर्पा खोटाङ ,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ खोटाङ ,अखिल नेपाल महिला संघ ,राष्ट्रिय स्वतन्त्र पार्टि खोटाङ,महिला उद्यमि संघ खोटाङ ,खोटाङ दलित उद्यमि सहकारी संस्था खोटाङ ,अखिल नेपाल महिला संघ (क्रान्तिकारी ), गैर सरकारी संस्था महासंघ नेपाल खोटाङ र नेपाल महिला संघ खोटाङले जिल्ला प्रहरी कार्यालय खोटाङ ,राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय खोटाङ ,राष्ट्रिय महिला आयोग काठमाडौ ,मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाललाई बोद्वार्थ दिदै  संयुक्त रुपमा  ज्ञापनपत्र बुझाएको जनाइएको छ । हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–१० अर्खौले घर भएकी तारा बाम्राङस्थित हिङ्माङको घरमा बस्दै शितला मा वि कक्षा -४ मा अध्यनरत रहेको पाईएको छ । मृतक ताराकी आमा सरिता अछामी सार्की १० वर्षीय एक छोरासँग हिङ्माङको घरदेखि ५ मिटर पर डेरा गरि बस्दै आएकी थिइन् भने बुबा रोजगारीका लागि काठमाडौं बस्दै आएका थिए ।

ताराका बुबाले छोरीले झुण्डिएर आत्माहत्या गरेको नभइ बलात्कारपछि हत्या भएको आशंकामा घटनाको अनुसन्धानका लागि  भदौ १ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए पछि शबलाई पोष्टमाटम गरि दाहासंस्कारको लागि गाडी मार्फत अखौले लगिएको थियो।