रुस–युक्रेन युद्धमा ज्यान गुमाएका  क्षितिजको २ वर्ष पछि काजकिरिया

खोटाङ / रुस–युक्रेन युद्धमा ज्यान गुमाएका क्षितिजको २ वर्ष पछि काजकिरिया थालिएको छ ।

२ बर्ष अघि ज्यान गुमाएका  दिप्रुङ चुईचुम्मा गाउँपालिका -३ छोरम्बु सापातेल निवासी हेम्बर बस्नेतका छोरा ३४ बर्षिय क्षितिज बस्नेतको काजकिरिया थालिएको हो ।

२०८० असोज १५ गते रुसि सेनामा भर्ती हुने भन्दै दुबईबाट रुस पुगेका क्षितिज भर्ती हुने बितिकै युद्धमा लगिएको थियो   । रुसि सेनामा भर्ती भएको तीन हप्ता मै २०८० कार्तिक -६ गते मृत्यु भएको हो ।

क्षितिज सम्पर्क बिहिन भएको करिब  ५ महिना बितिसके पछि  रुस सरकारले क्षितिज सहित १५ जना नेपालिको शबको पहिचानको लागि  नेपाल सरकारलाई जेनेटिभ टेस्टको लागि परिवारको डि यन ए  परिक्षणको लागि आग्रह गरेपछि मृत्यु भएको पुष्टि भएको थियो ।

क्षितिजको श्रीमति भिमकला आचार्य रुस पुगेर कानुनी प्रक्रिया पूरा गरि शब दाहासंस्कार गरेपछी भदौ ११ गते बाट श्रीमति भिमकला र ११ बर्षिय छोरा आदित बस्नेत सामाजिक परम्परागत अनुसार काजकिरियामा बसेको वडा अध्यक्ष भुपेन्द्र बस्नेतले बताउनु भयो । क्षितिजको एक छोरा र ६ बर्षिय छोरी आदिती बस्नेत रहेको जनाइएको  छ ।