सामाजिक सुरक्षा नविकरण घुम्ती शिविर बाट दिक्तेलका ३ सय बढिले पाए सेवा
खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौमा सञ्चालन गरेको सामाजिक सुरक्षा नविकरण घुम्ती शिविर बाट ३ सय बढि लाभग्राहिले सेवा पाएका छन् ।
काठमाडौंमा सिनामङ्गलको होटल जन्मभूमिमा सञ्चालन गरिएको शिबिरबाट गाउँ आउन समस्या भएका काठमाडौमा बसोबास गरिएरहेका ,अशक्त, अति अशक्त बिरामी भई अस्पताल भर्ना भएका गरि जम्मा ३११ जना लाभग्राहिले सेवा पाएको हुन् ।
शिबिर सञ्चालन भएको ३ दिन सम्म घुम्ती शिबिरमा आउन गाह्रो हुने कतिपय त ह्वीलचियरसहित आउनुपर्ने अवस्थाका नर्भिक हस्पिटलमा ३ जना गङ्गालाल अस्पतालमा १ जना र थप कोठामै बसोबास गरिरहेका हिड्डुल गर्न गाह्रो भएका ३ जनालाई उहाँहरु भएको ठाउँमा पुगि सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाईका फिल्ड सहायक गम्भीर केशिले बताए । काठमाडौमा ११ गते देखि १४ गते सम्म शिबिरको आयोजना गरेको थियो भने यहि भदौ १६ गते देखि १९ गते सम्म इटहरीको इटहरी उपमहानगरपालिकामा सामाजिक सुरक्षा भत्ता नविकरण घुम्ती शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।
नगरपालिका भित्र सामाजिक सुरक्षा भत्ता पाउने पाँच हजार ८ सय ७२ जना लाभग्राही छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



