खोटाङमा कर्फ्यु आदेश जारी
खोटाङ /खोटाङमा दोस्रो दिन पुर्ण कर्फ्यु आदेश जारी गरिएको छ ।शान्ती सुरक्षालाई ध्यानमा राख्दै दिक्तेल बजारस्थित बिभिन्न् नाकाहरुमा कर्फ्यु आदेश्बजारी गरिएको हो । बिहिवार बेलुका ७ बजेबाट शुक्रबार बिहान ६ बजे सम्म कर्फ्यु आदेश जारी गरिएको छ ।
भदौ २३ गते र २४ गते काठमाडौ लगायत विभिन्न जिल्लामा भएको घट्ना पश्चात् मुलुकभर उत्पन्न बिश्वम परिस्थितिमा जिएन जि नामक विभिन्न समुहहरुले सार्वजनिक संरचनाहरुमा क्षती पुर्याउन सक्ने बिश्लेषणको आधारमा सर्वसाधारण जनताको जिउधनको रक्षा सार्वजनिक सम्पतिको संरक्षणको लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय खोटाङको प्रमुख कल्पना श्रेष्ठले बताईन ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका क्षेत्र भित्र उत्तरमा, मुढे ईलाका क्षेत्र , दक्षिणमा,शिद्वेस्वर गुफा जाने बाटो र अस्पताल चोकबाट २०० मिटर अगाडि लफ्याङ जाने बाटो पुर्वमा,अल्छेढुङ्गाबाट ५०० मिटर अगाडि सोल्मा जाने बाटो र पश्चिममा रत्नपार्कबाट ५०० मिटर अगाडि बाम्राङ जाने बाटो कफ्र्यु आदेश जारी गरिएको श्रेष्ठको भनाई रहेको छ ।
कर्फ्यु आदेश अबधिभर ,५ जना भन्दा बढी मानिस जम्मा हुन नपाउने ,कुनै पनि प्रकारको बैठक सभा जुलुस सम्मेलन गर्न नपाउने , भएको छ । अत्यावश्यक सेवाका सवारीसाधनहरु खाद्यान्न तथा ईन्धन बोकेका सवारीसाधन ,एम्बुलेन्स ,दमकल, शव वाहन,स्वास्थ्यकर्मीहरु,पर्यटन सवारीसाधन ,मानवअधिकार तथा कुटनितिक सवारीसाधनको आवागमनमा सुरक्षाकर्मिहरुबाट सहजीकरण हुने जनाइएको छ ।
बुधबार पनि सोही स्थानहरुमा बेलुका ६ बजे देखि बिहान ७ बजे सम्म कर्फ्यु जारी गरिएको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



